Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

कक्षा कोठामै पहिरो : पहुँचले दोषी पक्राउ नपरेको अभिभावकको शंका

आइतबार, १९ असार २०७३

ललितपुर - कक्षा कोठामा पढिरहेकै बेला विद्यालय आडैको प्लटिङ्को पर्खाल भत्किएर २ छात्राको ज्यान गएको ५५ घण्टा वितिसक्दा पनि प्रहरीले उक्त प्लटिङ्का मालिक कर्मा लामालाई पक्राउ गर्न सकेको छैन । घटना संवेदनशील हुँदा हुँदै पनि दोषी पक्राउ नपर्नुको पछिल्तिर आर्थिक सहित राजनीतिक पहुँचले काम गरेको हुन सक्ने भन्दै अभिभावकले शंका गर्न थालेका छन् ।

'गिने चुनेका अन्र्तराष्ट्रिय अपराधीलाई पक्राउ गर्न समय नलगाउने नेपाल प्रहरीले यो घटनाका दोषीलाई नपक्रनुको पछाडी चलखेलले काम गरेको अनुमान गर्न गाह्रो भएन' एक अभिभावकले भने, 'हाम्रा वालवालिकाको ज्यानै गयो, कति जना अझै अस्पतालमै छन्, प्रहरी भने अहिले सम्म खोजिरहेका छौं भन्दै छ ।'

घटना भएकै दिन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले दोषीलाई कारवाही गर्ने भन्दै गृहमन्त्रीलाई समेत घटनास्थल निरिक्षण गर्न आग्रह गरेका थिए । तयस लगत्तै गृह मन्त्री शक्तिबहादुर बस्नेत समेत घटनास्थल पुगेका थिए । शुरुमा राज्यका निकायहरुबाट भएको चासो समय संगै सेलाउँदै गएको भन्दै अभिभावकले शंका गर्न थालेका हुन् । 'गृहमन्त्री नै आए पछि प्रहरी झन् गम्भिर हुनु पर्नेमा अहिले सम्म लामाको अत्तोपत्तो नलाग्नुले घटनामा कतै राजनीतिक रंग त लागेको हैन भने जस्तो लाग्न थालेको छ' अर्का अभिभावकले भने ।

ईमाडोल बस्दै आएका लामाको छोरा जीतबहादुर लामालाई प्रहरीले सोधपुछ गरिसकेको छ । परिवार र अन्य सम्पर्क सूत्र मार्पmत खोजि जारी राखेको ललितपुरका प्रहरी नायब उपरीक्षक किसन सिंह थापा बताउँछन् । 'दुई तीन वटा श्रीमती छुट्टा छुट्टै ठाउँमा राखेको रहेछ, ईमाडोमा भएकी श्रीमती पट्टीको छोरालाई हामीले फेला पारेका छौं' उनले भने 'प्रहरी खटिईरहेको छ चाँडै फेला पार्नेमा हामी ढुक्क छौं ।'

गत शुक्रवार भएको घटनामा परी २ छात्राको निधन भएको थियो ।

पढ्नुहोस् : पढाई भईरहेकै बेला कक्षामा पहिरो, २ छात्राको निधन, १७ घाईते

कक्षामै पहिरो : छानिवन शुरु, तुरुन्तै कारवाही हुने शिक्षा मन्त्रीको भनाई

दुर्दान्त घटनाको पाठ

प्रकाशित मिति २०७३ असार १९ गते 

प्रतिक्रिया