Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

विद्यार्थी कुटपिट गर्ने प्रिन्सिपल पक्राउ

आइतबार, १९ असार २०७३

काठमाडौं, १९असार / कक्षा कोठामा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक निजी विद्यालयका प्रिन्सिपललाई पक्राउ गरेको छ ।

थर्पू २ स्थित साइनिङ स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल ईश्वरीप्रसाद सापकोटा पक्राउ परेका हुन् । अभिभावकले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनायो । सोही विद्यालयमा कक्षा २ मा अध्ययनरत ताप्लेजुङ आम्बेगुदिन ९ का रचित विष्टलाई प्रिन्सिपलले पढाउने क्रममा निर्घात कुटपिट गरेको भन्दै आमा दिलमाया विष्टले जिल्ला प्रहरीमा जाहेरी दिएकी थिइन् । विद्यार्थी विष्टको हात, खुट्टा र घाँटीमा नीलडाम छ । घाउ चोट लाग्ने गरी विद्यार्थीलाई कुटपिट गरेको अभियोग लागेका शिक्षक सापकोटालाई अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखिएको छ । उनीविरुद्ध सार्वजानिक अपराध मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक विजय श्रेष्ठले बताए ।

कान्तिपुर दैनिकमा प्रकाशित खबर

प्रतिक्रिया