Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

प्रमाणपत्र परिषद्कै लेटरहेडमा

आइतबार, १९ असार २०७३

काठमाडौं १९ असार / उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा समाहित भए पनि तत्काललाई परिषद्कै ‘लेटरहेड’ भएको प्रमाणपत्र जारी हुने भएको छ ।

बोर्डको लेटरप्याड छपाइ गर्न समय लाग्ने भएपछि परिषद्ले यसअघि दिँदै आएको प्रमाणपत्र वितरण गर्न लागेको हो । ‘पुरानै प्रमाणपत्र दिए पनि छाप बोर्डकै हुनेछ,’ बोर्डका कार्यवाहक अध्यक्ष एवं शिक्षा सचिव विश्वप्रकाश पण्डितले भने, ‘शिक्षा ऐन संशोधन गरी परिषद्को काम बोर्डमा सरेकाले यो प्रमाणपत्र जारी गरिएको छ भन्ने प्रमाणपत्रमा उल्लेख हुनेछ ।’

राष्ट्रपतिले ऐन प्रमाणीकरण गरेपछि परिषद्ले गर्दै आएको काम बोर्डमा सरेको हो । परिषद्ले गर्दै आएको काम बिहीबार र शुक्रबार हुन सकेको छैन । आइतबारदेखि सानोठिमी र अन्यत्र सबै क्षेत्रीय कार्यालयबाट विगतको जस्तै काम यथावत् हुने पण्डितले बताए ।

शिक्षा मन्त्रालयले बोर्डको अध्यक्ष नियुक्ति नभएसम्म अध्यक्षको अधिकार प्रयोग गर्ने गरी बिहीबार पण्डितलाई जिम्मेवारी दिएको छ । त्यस्तै सदस्य सचिवमा मन्त्रालयका सहसचिव लवदेव अवस्थीलाई जिम्मेवारी तोकिएको छ ।

कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया