Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

शिक्षकमाथि आक्रमण

बुधबार, २३ भदौ २०७२

काठमाडौं २३ भदौ / भाइलाई अनुत्तीर्ण गराएको भन्दै कालिकोटको फुकोटमा एक व्यक्तिले प्रधानाध्यापकमाथि आक्रमण गरेका छन् ।

आइतबार विद्यालयबाट घर फर्कंदै गरेको अवस्थामा स्युना–९ का दिलीप फर्सालले हिमनदी प्राथमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद बरालमाथि आक्रमण गरेका हुन् । आफ्नो भाइलाई चार वर्ष पहिले विद्यालय पढ्दा अनुत्तीर्ण गराएको उनको आरोप छ ।

फर्सालले मदिरा सेवन गरेर आक्रमण गरेको बताइएको छ । आक्रमणबाट आफ्नो छाती र टाउकोमा गम्भीर चोट लागेको घाइते बरालले बताए । आफूलाई दाउराले प्रहार गर्दा बेहोस भएको उनको भनाइ छ ।

उनी अचेत भएको देखेपछि स्थानीयले उद्धार गरी प्राथमिक उपचार गरेका थिए । तीन घन्टापछि उनको होस खुलेको थियो । उनको स्थानीय स्वास्थ्य चौकी स्युनामा उपचार भइरहेको छोरा रत्नप्रसादले जानकारी दिए । पीडित बरालले इलाका प्रहरी कार्यालय स्युनामा उजुरी दर्ता गरेका छन् । घटनास्थलतर्फ प्रहरी टोली पठाएको सो चौकीले जनाएको छ । हालसम्म कोही पनि पक्राउ नपरेको प्रहरीको भनाइ छ ।

नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया