Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

स्थायी शिक्षकको माध्यामिक तर्फ बाँकी विषयको नतिजा सार्वजनिक, नतिजाको लिंक सहित

विहीबार, १७ भदौ २०७२

भक्तपुर १७ भदौ / शिक्षक सेवा आयोगले माध्यामिक तर्फ पाँचै विकास क्षेत्रको सामाजिक तथा मध्यमाञ्चलको नेपाली अँगे्रजी र अर्थशास्त्र तर्फको नतिजा सार्वजनिक गरेको छ । बुधबारबाट शुरु भएको नतिजा सार्वजनिक गर्ने क्रम अन्र्तगत बिहीबार थप विषयको नतिजा सार्वजनिक गरिएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए ।

नतिजा थाह पाउन यहाँ क्लिक गर्नुहोस् ।

निम्न माध्यामिक तर्फको नतिजा पनि क्रमै संग प्रकाशित गर्दै जाने उनले बताए । स्थायी पदपूर्तिको लागि भएको विज्ञापन बमोजिम गत असार २५ गते लिईएको परीक्षाको नतिजा प्रकाशित गरिएको हो । माध्यमिक तह, तृतीय श्रेणीको लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये रोल नम्बरको आधारमा सिलसिलेवार रुपमा नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।

लिखितमा उत्तीर्ण उम्मेद्वारको अन्र्तवार्ताको कार्यतालिका समेत आयोगले तय गरेको छ । जस अनुसार असोज ८ र ९ गते विहान ८ बजे देखि अन्र्तवार्ता गर्ने योजना छ ।

प्रतिक्रिया