Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

निजी विद्यालयमा संस्कृत

शनिबार, १८ असार २०७३

काठमाडौं १८ असार / उपत्यकाका एक दर्जन निजी विद्यालयले संस्कृतको पठनपाठन सुरु गरेका छन् । हाललाई पाठ्यक्रम विकास केन्द्रकै कक्षा ४ देखि ७ सम्म अनिवार्य संस्कृत विषय लागू गरिएको छ ।

शिक्षाको मुख्य उद्देश्य चरित्रवान् नागरिक उत्पादन गर्नु भएकाले संस्कृतको पठनपाठन सुरु गरेको वाग्मती उमाविका संस्थापक सुरेन्द्र सिटौलाले बताए । यसै शैक्षिक सत्रबाट संस्कृत लागू गर्नेमा वाग्मती, ग्यालेक्सी, ओपल, एपेक्स, रूपक मेमोरियल, डीएभीलगायत रहेको जयतु संस्कृतमका सदस्यसचिव नवराज कट्टेलले बताए ।

जयतु संस्कृतमको अभियानलाई निजी विद्यालयले साथ दिएकोमा जेट नेपालका अध्यक्ष वामन न्यौपानेले धन्यवाद दिए । यसैगरी जनमैत्री उमावि कौशलटार, त्रिभुवन आदर्श फर्पिङलगायत भैरहवा र सिरहामा समेत संस्कृतको पठनपाठन सुरु भएको अभियानका जनार्दन घिमिरेले बताए ।

कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया