Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

छात्रा बिरामी परेपछि विद्यालय बन्द

शनिबार, १८ असार २०७३

काठमाडौं १८ असार / तारा माध्यमिक विद्यालय बामरुक रोल्पाका छात्राले अनौठो व्यवहार देखाएपछि विद्यालय नै बन्द गरिएको छ ।

छात्राहरू कक्षा कोठामै मुटु दुख्यो भन्दै बेहोस हुन थालेपछि विद्यालयका बन्द गरिएको शिक्षकहरूले बताएका छन् ।  बिरामी छात्राको उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय रोल्पाबाट गएको टोलीले सामान्य उपचार गरेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।

रोगका बारेमा केही पत्ता नलागेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विद्यालयका २८ जना छात्रा यो रोगबाट प्रभावित भएको जनाइएको छ । भटाभट छात्रा ढल्न थालेपछि विद्यालयले झारफुकका लागि धामी र स्वास्थ्यकर्मी दुवैबाट रोग नियन्त्रणको प्रयास गरेको शिक्षक उदय गिरीले बताए ।

नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया