Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

कक्षामै पहिरो : छानिवन शुरु, तुरुन्तै कारवाही हुने शिक्षा मन्त्रीको भनाई

शुक्रबार, १७ असार २०७३

ललितपुर - पढाई भईरहेको बेला कक्षामा पहिरो आएर २ छात्राको निधन भएको घटनाको छानिवनको काम शुरु भएको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले घटनास्थलको नीरिक्षण पछि छानविन गर्न शिक्षा सचिवलाई निर्देशन दिएका छन् । स्थानीय अभिभावकसंग कुरा गर्दै मन्त्री पोखरेलले विद्यालयलाई तुरुन्तै कारवाही हुने बताए । घटनास्थलबाटै गृह मन्त्री शक्तिबहादुर बस्नेतलाई टेलिफोन गरी मन्त्री पोखरेलले असुरक्षित प्लटिङ् गर्नेलाई पक्राउ गरी कारवाही गर्न अनुरोध गरेका थिए ।

विद्यालयको कमजोर संरचनाका कारण घटना भएको हो भने विद्यालयलाई कारवाही हुने उनले बताए ।

बाँडेगाउँ टौखेलमा रहेको पुष्पाञ्जली बोडिङ् स्कुल संगै रहेको प्लटिङ्को पर्खाल भत्किए पछि विद्यालयको गारो समेत भत्काएर पढिरहेका विद्यार्थीलाई किचेको थियो । घटनामा बर्ष नौ की कृपा राई र बर्ष १० की अञ्जना पुनको निधन भएको भयो ।

पढ्नुहोस् : पढाई भईरहेकै बेला कक्षामा पहिरो, २ छात्राको निधन, १७ घाईते

घाईते मध्ये ६ जना उपचार पछि घर फर्केका ललितपुरका प्रहरी नायव उपरीक्षक किसन सिंह थापाले जानकारी दिए । ४ जनाको वी एण्ड वी अस्पतालमा गम्भिर अवस्थामा उपचार भईरहेको छ । अन्य घाईतेको वी एण्ड वी सहित पाटन अस्पतालमा उपचार भईरहेको छ । मन्त्री पोखरेलले अस्पतालमा गएर घाईते र तीनका अभिभावकलाई पनि भेटेका छन् । 

नीजि विद्यालयको भौतिक संरचना, विद्यालय वरीपरी आवश्यक खुला ठाउँ, कक्षा कोठाको संरचना जस्ता कुराहरुका बारेमा शिक्षा मन्त्रालयले निर्देशिका बनाएरै लागू गरेको छ । तर उक्त निर्देशिकाले गरेको ब्यवस्था अधिकाँश विद्यालयले पुरा गरेका छैनन् । जसले गर्दा यस्ता विपत्ति आउँदा विद्यार्थीको सुरक्षा चुनौतीपूर्ण हुने गरेको छ ।

प्रकाशित मिति २०७३ असार १७ गते

प्रतिक्रिया