Edukhabar
शनिबार, १२ असोज २०८१
गतिविधि

कक्षा ५ की विद्यार्थीलाई संगीत पुरस्कार

शुक्रबार, १७ असार २०७३

काठमाडौं - स्व.दुर्गाबाबु पाठक स्मृति संगीत पुरस्कार शशस्त्र प्रहरीको नेपाल एपीएफ स्कुलकी कक्षा ५ की छात्रा सदिक्षा भट्टलाई प्रदान गरिएको छ । शशस्त्र प्रहरी निरीक्षक स्व.दुर्गाबाबु पाठकको स्मृतिमा स्थापना गरिएको पुरस्कार पहिलो पटक वितरण गरिएको हो । 

सशस्त्र प्रहरी परिवार महिला संघको १५ औं वार्षिकोत्सवको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले छात्रा भट्टलाई १० हजार राशिको पुरस्कार प्रदान गरेका हुन् ।

प्रत्येक वर्ष सशस्त्र प्रहरी महिला संघको वार्षिकोत्सवको अवसर पारेर नेपाल एपीएफ स्कुलमा कक्षा १ देखि कक्षा १२ सम्म संगित तर्फ प्रथम हुने १ जना छात्र/छात्रालाई पुरस्कार प्रदान गर्ने तय भए अनुसार पुरस्कार वितरण गरिएको हो ।

गायक संगितकार तथा रचनाकार समेत रहेका स्व.पाठकको स्मृतिमा उनका व्याचिहरुको सकृयतामा डेढ लाख रुपैयाँको सशस्त्र प्रहरी निरीक्षक स्व.दुर्गाबाबु पाठक स्मृति संगित कोषको स्थापना गरिएको थियो । उक्त कोषको व्याज रकमबाट हरेक बर्ष उक्त पुरस्कार प्रदान गर्ने योजना रहेको सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले बताए ।

गत चैत २८ गते धादिङको मलेखुमा मोटरसाइकल दुर्घटनामा परि पाठकको निधन भएको थियो ।

उक्त कोष स्थापना सम्बन्धि खबर पनि पढ्नुहोस् :प्रहरी निरीक्षकको सम्झनामा अक्षय कोष : संगीतमा प्रथम हुने विद्यार्थीलाई पुरस्कार

प्रकाशित मिति २०७३ असार १७ गते

प्रतिक्रिया