काठमाडौं - पूर्व शिक्षा मन्त्री मंगलसिद्धि मानन्धरको निधन भएको छ । २०६२ ६३ पछि बनेको सरकारमा शिक्षा मन्त्री भएका मानन्धरको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अमेरिकाको ओक्लहोमा विश्व विद्यालयबाट भूगोलमा विद्यावारिधि गरेका मानन्धर २०५१ सालमा एमालेको सरकारका पालामा योजना आयोगको उपाध्यक्ष थिए ।
उनी त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस भूगोल विभागका प्रमुख पनि भएका थिए ।
भारतमा क्यान्सरको उपचार गरेर एकसाता अघि मात्रै फर्केका ७५ वर्षीय मानन्धरको एक सातादेखि नर्भिकमा उपचार भईरहेको थियो ।
पछिल्लो समय संघीय समाजवादी फोरममा आवद्ध उनी केन्द्रीय सल्लाहकार समितिको संयोजक थिए । काठमाडौंका मानन्धरका श्रीमती सहित दुई छोरा र दुई छोरी छन् ।
समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठका अनुसार एउटा छोरा भारतमा रहेकाले उनी आईञ्जेल सम्म कुरेर भोलि मात्र अन्त्येष्टि गर्ने तयारी छ ।
प्रकाशित मिति २०७३ असार १७ गते
प्रतिक्रिया