Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

पढाई भईरहेकै बेला कक्षामा पहिरो, २ छात्राको निधन, १७ घाईते

शुक्रबार, १७ असार २०७३

ललितपुर - एक नीजि विद्यालय माथिको पर्खाल भत्केर खसेको पहिरो कक्षा कोठामा छिर्दा २ जना विद्यार्थीको निधन भएको छ । पहिरोमा परी घाईते १७ जना मध्ये * कक्षा ३ मा अध्ययनरत बर्ष नौ की कृपा राई र बर्ष १० की अञ्जना पुनको निधन भएको हो । बाँकी घाईतेको वी एण्ड वी र पाटन अस्पतालमा उपचार भईरहेको ललितपुरका प्रहरी नायव उपरीक्षक किसन सिंह थापाले जानकारी दिए ।

टौखेलमा रहेको पुष्पाञ्जली बोडिङ् स्कुलमा विहान कक्षा चलिरहेका बेला पहिरो खसेको थियो । 'विद्यालय माथि रहेको प्लटिङ्को जग्गाको छेउमा रहेको पर्खाल भत्किएर विद्यालयको पर्खाल भएत्काएको रहेछ' उनले भने, 'माथिबाट खसेको पहिरो सिधै कक्षा कोठामा छिरेर दुर्घटना भएको हो ।'

कक्षामा पठन पाठन भईरहेको बेला पहिरो कक्षा ३ र ८ मा छिरेको थियो ।

गए राति देखि परेको पानीले विद्यालय माथिको माटो कमजोर बनाउँदा पहिरो खसेको प्रहरीको अनुमान छ ।

नीजि विद्यालयको भौतिक संरचना, विद्यालय वरीपरी आवश्यक खुला ठाउँ, कक्षा कोठाको संरचना जस्ता कुराहरुका बारेमा शिक्षा मन्त्रालयले निर्देशिका बनाएरै लागू गरेको छ । तर उक्त निर्देशिकाले गरेको ब्यवस्था अधिकाँश विद्यालयले पुरा गरेका छैनन् । जसले गर्दा यस्ता विपत्ति आउँदा विद्यार्थीको सुरक्षा चुनौतीपूर्ण हुने गरेको छ । 

* घाईतेहरुको नामावली

- कक्षा ३ मा अध्ययनरत मध्ये 
रोजिना तामाङ्
अनुप महर्जन
जानकी शाही यमुना लामा
आशिका सिंह
विना मगर
राम कार्की
सुनिता परियार
सुयोग्य ढकाल
कृष्ण थर नखुलेका
कुसुम थर नखुलेका

कक्षा ८ मा अध्ययनरत मध्ये

सुरज लामा
महिमा बुढाथोकी
रोजन महर्जन
अनुस नापित

* अपडेट गरिएको - सं.

प्रकाशित मिति २०७३ असार १७ गते

प्रतिक्रिया