Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

लेटरग्रेडिङको झमेला : प्राविधिक शिक्षा भर्नामै कठिन

विहीबार, १६ असार २०७३

काठमाडौं १६ असार / एसएलसी परीक्षामा जिपिए ३.३२ ग्रेड ल्याएकी अस्मिता काफ्लेलाई उच्च शिक्षातर्फ कम्प्यूटर इन्जिनियर पढ्ने धोको थियो। त्यसका लागि धनकुटा सदरमुकामस्थित त्रिवेणी उच्च माविमा कक्षा ९ र १० मा कम्प्यूटर विषय पढिन्। त्यस्तै सोही विद्यालयमा अध्ययरत आशिष गुरागाईंले पनि एसएलसीमा ३.२४ जिपिए अंक ल्याए।

उच्च माध्यमिक शिक्षा परिषद्ले प्राविधिक विषयतर्फ अध्ययन गरेका विद्यार्थीले अन्य विषयमा उत्कृष्ट अंक ल्याएपनि विज्ञान, गणित र अंग्रेजीमा डिप्लस अंक ल्याउने विद्यार्थीले कुन विषय पढ्ने भन्ने बारे स्पष्ट व्यवस्था नगरेपछि काफ्ले र गुरागाई जस्ता धेरै विद्यार्थीको भविष्य अन्यौलमा परेको छ।

त्रिवेणी उच्च माविमा प्राविधिक विषय पढेर उत्र्तीण पाँचजना विद्यार्थीले आगामी दिनको पढाई अन्यौलमा परेका भन्दै बुधबार पत्रकार सम्मेलन गरे। ती पाँचैजना विद्यार्थीले गणित विषयमा मात्रै डिप्लस अंक ल्याएका छन्। अरु सबै विषयमा उत्कृष्ट अंक ल्याएर उत्र्तीण गरेका हुन्।

धनकुटाको त्रिवेणी स्कुलबाहेक कक्षा ९ र १० मा कम्प्यूटर पढेका तेह्रथुमको वसन्त उच्चमावि तेह्रथुमका १८, सुनसरीका शिक्षा निकेतन १०, झापाका धुलाबारी उच्च माविका २, मोरङका सुकुना र मछिन्द्र उच्चमावि ८ जना विद्यार्थीले साधारण र प्राविधिक धारमा उच्च माविमा तहमा भर्ना नपाउने भएका छन्।

सरकारले कुनै विद्यार्थी एसएलसीमा फेल हुँदैन वा माथिल्लो कक्षा पढ्नबाट बञ्चित हुँदैन भनिरहेका बेला ३ जिपिए ग्रेड ल्याई उत्र्तीण विद्यार्थी अस्मिता न्यौपानेले सरकारसँग हामी फेल कि पास भन्नेर प्रश्न गरिन्। उनी भन्छिन्, 'हामीले स्तरवृद्धि गर्ने मौका परीक्षा दिन पाउनु पर्यो की पढ्ने व्यवस्था मिलाइदिनु पर्यो।'

विद्यार्थीले अनिवार्य गणितमा सी ल्याएका भए भर्ना पाउने थिए भने नतिजा डि मात्रै आएको भए पनि ग्रेड वृद्धिका लागि पुन परीक्षा दिन पाउने थिए। तर यिनीहरूले भने ग्रेड बृद्धिका लागि पुन परीक्षा पनि दिन नपाउने र अन्य कुनै पनि संकायमा भर्ना पनि हुन नपाउने अवस्था आएको त्रिवेणी उच्च माध्यमिक विद्यालयका प्राचार्य ईश्वरीप्रसाद अधिकारीले बताए।

विद्यार्थी आशिष गुरागाईंका अभिभावक केदार गुरागाईंले छोराको भविष्यप्रति चिन्तित भएको बताए। 'प्राविधिक शिक्षातर्फ जोड दिएर पढाएँ' उनले भने, 'अहिले उच्च माध्यमिक शिक्षा परिषद्ले अन्यौल सिर्जना गर्दा चिन्तित छु।' प्रदेश नम्बर १ अन्तर्गत विभिन्न १६ वटा विद्यालयमा कक्षा ९ र १० मा प्राविधिक तथा व्यवशायिक धारअन्तर्गत कम्प्यूटर इन्जिनियरिङ विषय पढाइ भइरहेका छ।

अन्नपूर्ण पोष्टमा रिबहादुर लम्जेलले लेखेका छन् ।

प्रतिक्रिया