Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

राजधानीका उच्च माविमा विद्यार्थीको चाप, ग्रेडिङको नतिजा निजीलाई फलिफाप

बुधबार, १५ असार २०७३

काठमाडौं– प्रवेशिकाको नतिजा सार्वजनिक भएको करिब दुई साता पश्चात उच्च माध्यमिक विद्यालयहरुले कक्षा ११ मा भर्ना प्रक्रिया आरम्भ गरेका छन् । विगत बर्षहरुमा प्रवेशिकाको घट्दो नतिजा प्रतिशतले उत्र्तिण विद्यार्थीको संख्यामा कम भए पछि राजधानीका उमाविमा विद्यार्र्थीे अभाव हुदै गएको भए पनि यस बर्ष भने ग्रेडिङमा आधारित रहेर नतिजा सार्वजनिक भए पछि उमाविमा विद्यार्थीको चाप बढेको छ ।

करिब ४ लाख विद्यार्थी यसबर्ष देशभरका करिब ३६ सय उमाबिमा भर्ना हुने अनुमान गरिएको छ । प्रवेशिकाको परिक्षा नतिजामा ५ लाख ८८ हजार १ सय ५२ विद्यार्थीले कक्षा  १० को तह पुरा गरेका छन् । ती मध्ये न्युनतम १ दशमलव ६ जिपिए र ‘डी प्लस’ ल्याउनेहरु उमावि तहमा भर्ना भएर छात्रवृत्तिका लागि प्रतिष्पर्धी हुनसक्ने उच्च माध्यमिक परिषद्ले जनाएको छ ।

पढ्नुहोस् : कक्षा ११ मा छात्रवृत्ति पाउन कति चाहिन्छ जीपीए ?

विज्ञान संकाय अध्ययन गर्न भने न्युनतम ‘जिपिए टु र बि प्लस ग्रेडिङ’ ल्याएको हुनसक्ने परिषद्ले स्पष्ट पारेको छ । त्यसै अनुसार उमाविले विद्यार्थी भर्नाको तयारी गरेका छन् ।

अक्सव्रिज ईण्टरनेशनल सञ्चालक तथा प्याब्सनका महासचिव डिके ढुंगानाले गत वर्षको तुलनामा राजधानीका उमाविमा चाप बढेको जानकारी गराए । उच्च ग्रेड ल्याउने विद्यार्थी अहिले पनि राजधानीका राम्रा शैक्षिक संस्थामा भर्ना हुन चाहेको विद्यार्थीको राजधानी केन्द्रित चापले देखाएको उनको प्रतिक्रिया छ । उनले भने ‘विचमा केही बर्ष राजधानीका उमाविमा चाप घटेको भए पनि यसबर्ष फेरी बढ्दो छ ।’ ढुंगाानाले आफ्नो शैक्षिक संस्थामा ३ सय २५ विद्यार्र्थीको क्षमता रहेपनि  करिब ५ सय फारम विक्री भएको जानकारी गराए । असार १५ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गर्न परिषद्ले उमाबिहरुलाई अनुमति दिएको छ । त्यसै अनुसार अर्काे साता अक्सव्रिजले प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना शुरु गर्ने उनले बताए ।

राजधानीका उमाविहरुले विगत बर्षहरुमा जस्तै ५ सय देखि ७ सय रुपैयाँमा फारम बिक्री गरिहेका छन् । बिद्यार्थीले पनि विगत बर्षहरुमा जस्तो एउटै उमाबिमा भन्दा २, वा ३ उमाविको भौतिक अवस्था हेरेर मनस्थिती बनाउने गरेका छन् ।

किनभने गत बर्षको भुकम्प पछि विद्यार्थीले भौतिक संरचनाको अवस्थालाई पनि ध्यान दिन थालेका छन् । उमाविले विगत बर्षहरुमा जस्तै भर्नाका लागि विद्यार्र्थीको स्तर अनुसार प्रवेश परीक्षाका लागि फारम विक्रि शुरु गरेका छन् । विद्यार्थीको चाप धेरै रहेकाले राजधानीका उमाविले प्रवेश परीक्षा गर्नुको विकल्प नरहेको प्रस्टीकरण दिदै आएका छन् ।

राजधानीमा मात्र करिब १ हजार उमावि सञ्चालनमा छन् । ती मध्ये करिब ५ मा विज्ञान संकाय अध्ययन अध्यापन हुने गरेको छ ।  मोफसलबाट राजधानी आउने विद्यार्थीको चाप विज्ञान अध्ययन हुने उमाबि तथा कलेजमा हुने गरेको छ । त्यसो त १ सय ५६ जिरो प्लस टु मध्ये अधिकाँश राजधानीमा नै छन् । ती कलेजमा पनि विज्ञान संकाय र व्यवस्थापन विषय अध्ययन अध्यापन हुने गर्छ । कक्षा ११ मा नयाँ भर्ना यसबर्ष अन्तिम हुने संभावना छ । प्रमाणिकरणका लागि राष्ट्रपति कार्यलय पुगेको शिक्षाको आठौं शंसोधन ऐन प्रमाणिकरण हुन साथ कक्षा १२ सम्मको शिक्षा विद्यालय तह हुनेछ । त्यसपछि कक्षा ११ मा नयाँ भर्ना स्वत खारेज गर्नु पर्नेछ ।

प्रकाशित मिति २०७३ असार १५ गते

प्रतिक्रिया