Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

कक्षा ९ को पुस्तकमा कक्षा ८ कै पाठ

बुधबार, १५ असार २०७३

काठमाडौं १५ असार / जनक शिक्षा सामग्री लिमिटेडले वितरण गरेको कक्षा ९ को नेपाली विषयको पाठ्यक्रममा त्रुटि भेटिएको छ। कञ्चनपुरको देखतभुली गाविसमा रहेको नन्द उच्च माविका विद्यार्थीलाई वितरण गरिएको कक्षा ९ को पाठ्यक्रमको छपाइमा त्रुटि भेटिएको नन्द उच्च माविका प्राचार्य शेरबहादुर भण्डारीले जानकारी दिए।

'कक्षा ९ को पुस्तकमा कक्षा ८ का चारवटा पाठ समावेश गरिएको पाइयो', प्राचार्य भण्डारीले भने, 'यसमा मुद्रण गर्ने निकायको गल्ती देखिन्छ।'

कक्षा ९ को नेपाली विषयको पुस्तकमा पृष्ठ नं १ देखि ३० सम्म कक्षा ८ को नेपाली विषयका पाठहरु छापिएका छन्। नन्द उच्च माविका आठजना विद्यार्थीले प्राप्त गरेका पुस्तकमध्ये आठवटा पुस्तकमा उक्त त्रुटि देखिएको विद्यालयले जनाएको छ।

'कक्षामा विद्यार्थीलाई अध्यापन गराउँदै जाँदा उक्त त्रुटि हामीले भेट्यौँ', भण्डारीले भने, 'जनक शिक्षा सामग्री लिमिटेड धनगढीलाई खबर गर्दा गल्ती पाइएका पुस्तकलाई फेरबदल गर्ने भनेको छ।'

जनकशिक्षाका कर्मचारीहरुले गल्ती स्वीकार गर्दै त्रुटि भेटिएका पुस्तकहरु फेरबदल गरिदिने आश्वासन दिएको उनले बताए।

नागरिकमा खबर छ ।

प्रतिक्रिया