Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

विद्यार्थी आन्दोलन फिर्ता

विहीबार, २४ भदौ २०७२

काठमाडौं २४ भदौ / कञ्चनपुरको भीमदत्तनगरमा केही दिनदेखि विद्यार्थी सङ्गठनले थालेको आन्दोलन माग पूरा गर्ने सहमतिपछि फिर्ता लिएको छ । यहाँ विद्युत्भार कटौती सयम घटाएर दैनिक तीन घन्टा गरिएपछि आन्दोलनरत ६ वटै विद्यार्थी सङ्गठनले आन्दोलन फिर्ता लिएका हुन् ।

नेकपा ९एमाले० निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला सहसचिव नरेन्द्र कार्कीले अनियन्त्रित विद्युत्भार कटौती दुई घन्टा घटाउने, विद्युत् क्षेत्रको अध्ययनका लागि कार्यदल बनाइएपछि बुधबारबाट आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताउनुभयो ।

दैनिक पाँच घन्टा विद्युत्भार कटौती हँुदै आएको कञ्चनपुरमा केही दिनदेखि जिल्लालाई विद्युत्भार कटौती मुक्त जिल्ला घोषणाको माग गर्दै नेपाल विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी र अनेरास्ववियु लगायतका विद्यार्थी सङ्गठन आन्दोलनमा उत्रिएका थिए ।

उनीहरुले मध्यपश्चिमस्थित दाङका सिमेन्ट उद्योगसँग मिलोमतो गरी सुदूरपश्चिममा दैनिक पाँच घन्टाको विद्युत्भार कटौती गरी प्राधिकरणले दाङसम्म बिजुली सप्लाई गरेको आरोप लगाएका छन् । टनकपुरबाट आएको विद्युत् सुदूरपश्चिममा मात्रै खपत हुनुपर्ने माग विद्यार्थी सङ्गठनको रहेको छ ।

गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया