Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

नक्कली डाक्टरहरूको रिट खारेज

मंगलबार, १४ असार २०७३

काठमाडौं १४ असार / सर्वोच्च अदालतले नक्कली प्रमाणपत्रधारीको आरोपमा पक्राउ परेका चिकित्सकहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ । कार्यवाहक प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले उनीहरूको थुनालाई गैरकानुनी भन्ने आधार नदेखिएको भन्दै रिट खारेज गरेको हो ।

‘जिल्ला अदालतबाट भएको म्याद थपलाई अन्यथा भन्न सकिने अवस्था नदेखिएको,’ आदेशमा भनिएको छ, ‘निवेदकहरूको थुनालाई गैरकानुनी र बदनियत भन्न सकिने अवस्था नदेखिँदा प्रस्तुत निवेदन खारेज हुने ठहर्छ ।’ आफूहरूलाई बदनियत र गैरकानुनी ढंगले पक्राउ गरी थुनामा राखेको भन्दै नक्कली प्रमाणपत्रधारीको आरोपमा पक्राउ परेका डाक्टरहरूले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दिएका थिए ।

यसैबीच नक्कली प्रमाणपत्रधारीको आरोपमा पक्राउ परेका ३६ डाक्टरलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया