Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

फेसबुकमा आवद्धद्धारा विद्यालयलाई सहयोग

सोमबार, १३ असार २०७३

काठमाडौं १३ असार / सामाजिक सञ्जाल फेसबुकमा आबद्ध महिलाको समूह जिआरआर (गल्र्स राइजिङ रुम)ले कास्की निर्मलपोखरी–१ किरियापानीस्थित बाल विद्याश्रम प्राविलाई करिब रु ५० हजार बराबरको शैक्षिक तथा सरसफाइका सामग्री सहयोग गरेको छ ।

विभिन्न सामाजिक कार्यमा क्रियाशील समूहले विद्यालयको शैक्षिक उन्नयनमा सहयोग पु¥याउने सामग्रीका साथै अत्यावश्यकीय सरसफाइका सामग्री प्रदान गरिएको कार्यक्रम संयोजक नीशा पन्थीले बताउनुभयो ।सामग्री ग्रहण गर्दै विद्यालयकी प्रधानाध्यापिका शान्ता ढकालले विद्यालयमा जिआरआरले गरेको सहयोग उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल बरालले सहयोग सामग्रीले विद्यालयका शिक्षक तथा विद्यार्थीमा थप हौसला प्रदान भएको बताउनुभयो । कार्यक्रममा समूहका सदस्य सुर्किती भुर्तेल, शर्मिला कार्की, चन्द्रा श्रेष्ठलगायतले विद्यालयलाई आगामी दिनमा पनि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

गोरखापत्रबाट

प्रतिक्रिया