Edukhabar
शनिबार, १२ असोज २०८१
गतिविधि

दुई वर्षभित्र महाधिवेशन नगरे केन्द्रीय समिति भङ्ग गर्न माग

आइतबार, १२ असार २०७३

काठमाडौं - नेपाल विद्यार्थी सङ्घका नेताहरुले दुई वर्षभित्र महाधिवेशन नगरे केन्द्रीय समिति स्वतः भङ्ग गर्न माग गरेका छन् ।

नेविसङ्घको आज बाल्मिकी क्याम्पसमा ‘हाम्रो नेविसङ्घ संगठीत र प्रशिक्षित नेविसङ्घ’ अभियानले आयोजना गरेको भेलामा बोल्ने अधिकांश नेताहरुले तोकिएको समयमा महाधिवेशन नभए स्वत केन्द्रीय समिति खारेज गर्नुपर्ने बताएका हुन् ।

भेलामा लोकतान्त्रिक विधिबाट नेतृत्व चयन, एक व्यक्ति एक पद र समयमै अधिवेशन गरेमात्र संगठन बलियो हुने बताएका छन् । यस्तै निशुल्क शिक्षा, शिक्षामा व्यापारीकरण र राजनीतिकरणको अन्त्य, विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नु आवश्यक रहेको औँल्याएका छन् ।

कार्यक्रममा नेविसङ्घका पूर्व सहमहामन्त्री अभियानका संयोजक निलकण्ठ रिजालले संगठनलाई बलियो बनाउनका लागि टिके प्रथाको पूर्ण अन्त्य गर्नुपर्ने बताए ।

कार्यक्रममा नेविसङ्घका पूर्व केन्द्रीय सदस्य उर्मिला थपलिया, कृष्णकुमारी बस्नेत, युवराज पाण्डे, वर्तमान केन्द्रीय सदस्य मोतिलाल भण्डारी, मनहरी श्रेष्ठ, कृष्ण कटेल, लेखनाथ पोखरेल, सन्तोष पाण्डे, नेविसङ्घका नेता भरत खड्का लगायत चार दर्जन भन्दा बढि विद्यार्थी नेताले आफ्नो धारणा राखेका  थिए ।

भेलाबाट प्राप्त संगठन सुढृढीकरण एवम् शैक्षिक मुद्धालाई समेट्दै आगामी ११ औँ महाधिवेशनमा साझा अवधारणा पेश गरिने अभियानले जनाएको छ ।

प्रकाशित मिति २०७३ असार १२ गते

प्रतिक्रिया