Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

विद्यार्थीसँगको प्रेममा पागल शिक्षक

शनिबार, ११ असार २०७३

काठमाडौं ११ असार / शिक्षक र विद्यार्थीबीचको प्रेमसम्बन्धमा धेरै फिल्म बनेका छन्, धेरै साहित्य लेखिएका छन् । दुई साताअघि सुदूरपश्चिमको पहाडी जिल्लामा एउटा यस्तो हत्या भयो, जसले शिक्षक र विद्यार्थीबीचको महान् प्रेमकथालाई बिर्साउने खालको थियो ।

डोटीको पचनली–६ तलकोटस्थित हरिहर उमाविमा अंग्रेजी पढाउने शिक्षक लालबहादुर चन्दको प्रेमकथा वियोगान्त बनेको छ । आफ्नो सात वर्ष लामो प्रेम असफल भएपछि चन्दले गोली हानेर प्रेमिका बनेकी आफ्नी विद्यार्थीको हत्या गरे ।

गत २७ जेठमा भान्सामा चाउचाउ पकाइरहेको अवस्थामा मीनाको गोली हानी हत्या भएको थियो । घटनाको आठ दिनपछि प्रहरीले प्रेमी तथा शिक्षक चन्दलाई पक्राउ गरेको छ । क्षेत्रीय प्रहरी कार्यालय दिपायलका डिआइजी विजय भट्टका अनुसार मीना र लालबहादुर पहिला प्रेममा थिए, पछिल्लो समय मीनाले वास्ता गर्न छाडेपछि उनले प्रेममा पागल भएर हत्या गरेका हुन् ।

‘मीनासँग उनको ५ वर्षदेखि प्रेम सम्बन्ध रहेछ,’ डिआइजी भट्टले भने, ‘उनका लागि चार/पाँच लाख खर्च पनि गरेका रहेछन्, तर पछिल्लो समय मीनाले धोका दिएपछि उनले हत्या गरेको खुलेको छ ।’ हत्यापछि उनले आफूलाई केही थाहा नभएको नाटक गरी सोही घरमा बसेका थिए । आफूहरूले सूक्ष्म ढंगले अनुसन्धान गरी हत्यामा उनको संलग्नता पत्ता लगाएको डिआइजी भट्ट बताउाछन् । घटनास्थलमा डिआइजी भट्ट आफैँ पुगेर अनुसन्धान गरेका थिए ।

ट्युसन पढाउदा गाँसियो प्रेम

अंग्रेजीमा मास्टर डिग्री गरेका चन्दको घर बैतडीको सर्माली हो । पढाइ पूरा गरेपछि उनले दुई वर्ष डडेल्धुरा जिल्लाको देवल दिव्यपुरस्थित विद्यालयमा पढाएका थिए । त्यहाा एक युवतीसँगको प्रेम सम्बन्धका कारण उनी विवादमा परे । त्यसपछि उनले त्यहाँ राजीनामा दिए । त्यसपछि उनी जागिर खोज्दै डोटी पुगे ।

घर छाडेर गाउँमा पढाउन जाने शिक्षक प्राय: स्कुलनजिकैको स्थानीयको घरमा बस्छन् । चन्द सुरुको दुई महिना सोही गाउाका भीम साउदका घरमा डेरा गरी बसेका थिए । पछि सो घरमा बोर्डिङ स्कुल खोल्ने भएपछि २०६८ वैशाखदेखि मीना साउदको घरमा डेरा गरी बस्न थालेका थिए । साउदको घर स्कुलसँगै जोडिएको छ ।

उनको मीनाको घर परिवारसँग राम्रो सम्बन्ध थियो । मीनासँग २०६८ देखि उनी प्रेम सम्बन्धमा गाँसिए । त्यसवेला मीना ८ कक्षामा पढ्थिन् । मीनालाई उनी ट्युसन पनि पढाउँथे ।

मीनाले एसएलसी उत्तीर्ण गरिन् । चन्दले नै उनलाई अनमी पढ्ने सल्लाह दिए । तर, प्रवेश परीक्षामा मीना असफल भइन् । त्यसपछि चन्दले उनलाई धनगढीमा अंग्रेजी विषयमा भर्ना गरिदिए । धनगढीको एनपिए कलेजमा पढ्न थालिन् । फोनमार्फत उनीहरूबीच नियमित कुराकारी हुन्थ्यो । कतिसम्म भने चन्दको फोन व्यस्त हुँदासमेत मीनाले झगडा गर्ने गर्दथिन् । १२ कक्षा पढ्दासम्म दुवैको प्रेम निकै गाढा थियो ।

त्यसपछि बिस्तारै मीनामा परिवर्तन देखिन थाल्यो । सहरको जिन्दगीले उनका चाहना बढ्न थाल्यो । सहरका युवासँग उनको संगत बढ्यो । त्यससँगै चन्दसँगको प्रेम सम्बन्धमा दरार आउन थाल्यो । उनले चन्दको फोन उठाउन छाडिन् । फोन उठाउादा पनि राम्रोसँग कुरा गर्दिन थिइन् । गाउँमा आउादासमेत राम्रोसँग बोल्न छाडिन् । मीना अन्य केटाहरूसँग फोनमा कुरा गर्न थालेपछि उनी विक्षिप्तजस्तै भए । पटक–पटक सम्झाए, तर मीनाको मन फर्किएन । त्यसपछि उनले मीनालाई मार्ने योजना बनाएका थिए ।

डिआइजी भट्टका अनुसार २०७१ असोजदेखि नै उनले मीनालाई गोली हानी हत्या गर्ने योजना बनाएका थिए । एक भारतीय कपडा व्यापारीसँग उनले १५ हजार रुपैयाँमा रिभल्बर किने । तर, रिभल्बर टेस्ट गर्दा बिग्रियो । त्यसपछि २०७२ असोजमा उनी बिदामा भारत जाँदा दुईवटा गोलीसहिको पेस्तोल किने । असोजमै पेस्तोल डोटी लगेर राखे । मीनासँगको सम्बन्ध झन् चिसो हुँदै गएको थियो । उनी स्नातक पढ्न थालेकी थिइन् । अन्य युवकसँगै मीनाको प्रेम सम्बन्ध रहेको उनले चाल पाए । मीनालाई धेरैपटक फकाउने प्रयास गरे । तर, सफल नभएपछि हत्या नै गर्ने निर्णयमा उनी पुगे ।

यसरी भयो हत्या

गत १४ जेठदेखि मीनाको गर्मी बिदा थियो । उनी घर आउने चन्दले थाहा पाइसकेका थिए । घर आएका वेला उनले मीनालाई सम्झाउने धेरै प्रयास गरे, तर सफल भएनन् ।

गत २८ जेठ बेलुका करिब साढे ८ बजे मीना चाउचाउ पकाइरहेकी थिइन् । शिक्षक चन्दको कोठा भान्साकैछेउमा थियो । एक्कासि बत्ती गयो । त्यही आध्यारोको मौका छोपी उनले झ्यालबाट रेकी गरी ढोकाको कुनाबाट मीनालाई गोली हाने । दायाँ कुममा गोली लागेकी उनको घरमै मृत्यु भयो ।

घटनापछि उनी कोठामै बसे । घरमा रुवाबासी मच्चियो । उनले पनि रोएजस्तो गरे । एक युवक आएर गोली हानी भागेको प्रहरीलाई बताए । घरमा मीनाकी आमा र हजुरआमा मात्र थिए । आमा छतमा थिइन्, हजुरआमा उनीसँगै भान्सामा थिइन् । हजुरबुबा गाउँमा गएका थिए । आध्यारोमा गोली हानेकाले हजुरआमाले मीना लडेपछि मात्र थाहा पाएकी थिइन् ।

यसरी पक्राउ परे

प्रहरीले प्रत्यक्षदर्शी शिक्षक चन्दकै सहयोगमा गोली हान्ने व्यक्तिको खोजी सुरु गर्‍यो । तर, पत्ता लगाउन कठिन भयो । कल डिटेल तथा अन्य व्यक्तिहरूसँगको सोधपुछमा मीनाको चन्दसँग प्रेम सम्बन्ध रहेको र पछिल्लो समय सम्बन्ध बिग्रिएको खुल्यो । डोटीमा अन्य युवकसँग मीनाको निकटता नभएको खुलेपछि प्रहरीले चन्दमाथि नै शंका गर्‍यो ।

यहीबीचमा उनले स्थानीय एक व्यक्तिलाई रिभल्बर मर्मत गर्न दिएको सूचना प्रहरीले पाइसकेको थियो । पक्राउ गरेर सोधपुछ गर्दा चन्दले प्रेममा आफू पागल भएको र त्यही कारण हत्या गरेको बयान दिए । हत्यापछि उनले पेस्तोल आफ्नै कोठामा राखेका थिए । केही समयपछि हेडसरलाई बोलाउन भनेर जाँदा उनले पेस्तोल फालेका थिए ।

यसरी भयो अनुसन्धान

प्रेमसम्बन्धी विवादमै उनको हत्या भएको हाम्रो प्रारम्भिक अनुसन्धान थियो । तर, जिल्ला प्रहरी कार्यालयले दुई–तीन दिनसम्म पनि केही पत्ता लगाउन नसकेपछि म आफौ घटनास्थल पुगो ।

केटी चाउचाउ पकाइरहेकी थिइन्, रातको समयमा एउटा केटा आयो, गोली हानेर भाग्यो भन्ने किसिमको रिपोर्टिङ भएको थियो । तर, घटनास्थलको अवस्था बुझ्दा त्यहाा गोली हानेर भागेको भनेर पत्याउन नसक्ने देखियो ।

युवतीकै घरमा बस्ने शिक्षक लालबहादुर चन्दमाथि हामीले शंका गर्‍यौँ, तर उनले आफू रेडियो सुनेर बसेको अवस्थामा गोली चलेको बताए । नजिकै एक सैनिकको घर रहेछ, उनले नै युवतीलाई अस्पताल पुर्‍याएका थिए । उनको प्रेम सम्बन्ध भएका अन्य युवकलाई हामीले पक्राउ गरेर सोधपुछ गर्‍यौा । तर, उनीहरू सबै त्यसवेला धनगढीमा रहेको खुल्यो । गाउँमा उनलाई गोली हान्ने सम्भावनाका मान्छे देखिएनन् ।

त्यही बीचमा एउटा सूचना आयो, युवतीकै घरमा बस्ने शिक्षक चन्दले गत वर्ष एक व्यक्तिलाई रिभल्बर मर्मत गर्न लगाएका थिए । हामीले ती व्यक्तिको खोजी सुरु गर्‍यौँ । उनी धनगढीको फूलबारीमा बस्दा रहेछन् । हामीले उनलाई नियन्त्रणमा लिई रिभल्बर मर्मतबारे सोध्यौँ। शिक्षकको फोटो देखाउादा उनकै रिभल्बर मर्मत गरेको बताए ।

केही वर्षपहिले युवती र शिक्षकबीच प्रेम सम्बन्ध रहेको पनि सुनियो । सोही आधारमा फेरि शिक्षकलाई पक्राउ गरी सोध्दा सुरुमा त उनले अस्वीकार गरे, तर पछि आफूले गोली हानेर हत्या गरेको स्वीकारे ।

नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया