Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

डी’ र ‘ई’ ग्रेडका सबैले थप अध्ययन गर्न नपाउने

शुक्रबार, १० असार २०७३

काठमाडौं १० असार / एसएलसीमा सहभागी सबै विद्यार्थीले थप अध्ययनमा अवसर पाउने शिक्षा मन्त्रालयको निर्णय छ । तर, सबैले सीपमूलक तालिममा समेत अवसर नपाउने भएका छन् । दुई विषयमा डी र ई ग्रेड आउने सबैका लागि पनि प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)मा क्षमता छैन ।

सिटिइभिटीका सदस्यसचिव डा. रामहरि लामिछानेका अनुसार टिएसएलसी र डिप्लोमा तहको कार्यक्रममा ४५ हजारको क्षमता छ । तर, ०७२ को एसएलसीमा एउटै विषयमा झन्डै साढे एक लाख विद्यार्थीको ई ग्रेड आएको छ ।

कक्षा ११ मा मैथिली, हिन्दी, नेवारी, फ्रेन्च, जापनिज, उर्दू, जर्मन, चाइनिज र अरू भाषा अध्ययन गर्न न्यूनतम जिपिए १.६ र अंग्रेजीमा न्यूनतम डी प्लस ल्याएमा भर्ना पाउने व्यवस्था छ । डान्स, म्युजिक, स्कल्प्चर, पेन्टिङ, एप्लाइड आर्ट, स्पोर्टस् र अरू विषय अध्ययन गर्न न्यूनतम जिपिए १.६ र अंग्रेजीमा न्यूनतम सी प्लस ल्याउनुपर्छ । तर, अंग्रेजीमा मात्र डी र ई ग्रेड आउनेको संख्या डेढ लाखभन्दा धेरै छ । अंग्रेजीमा मात्र डी ग्रेड आउने ८६ हजार ६० र ई ग्रेडमा ७१ हजार एक सय २४ जना छन् ।

टिएसएलसीमा २६ हजार मात्र क्षमता

सिटिइभिटीका सूचना अधिकारी मनोज न्यौपानेका अनुसार करिब २६ हजारको हारहारीमा मात्र टिएसएलसीमा पढाउन सक्ने क्षमता छ । यसअघि सिटिइभिटीले एसएलसी उत्तीर्ण भएका र अनुत्तीर्ण भएका विद्यार्थीका लागि छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गर्दै आएको थियो । यस वर्षदेखि एउटै कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि एसएलसी अनुत्तीर्णलाई २९ महिने र पास भएकालाई १५ महिने कार्यक्रम सञ्चालन हुने गरेको थियो । टिएसएलसीमा तीन सय ५१ संस्थामा २४ हजार नौ सय ८७ जनाको क्षमता छ । त्यस्तै, दुई सय ५४ संस्थामा डिप्लोमा कोर्सको पढाइ हुन्छ भने १७ हजार ४८ जनाको क्षमता छ ।

लगानी बढाउनुपर्छ : शिक्षासचिव

शिक्षासचिव विश्वप्रकाश पण्डितले रोजगारका लागि सीपमूलक शिक्षा आवश्यक भएकाले लगानी बढाएर भए पनि सबैलाई पढाउनेतर्फ सोच्नुपर्ने बताए । प्राविधिकतर्फको पढाइ हुने टिएसएलसीमा लगानी बढाउनेतर्फ छलफल भइरहेको उनको भनाइ छ । ‘ठूलो रोजगार ग्रास रुटमा छ । त्यसैले रोजगारमूलक शिक्षा आवश्यक छ,’ उनले भने, ‘टिएसएलसीमा धेरै स्कोप भएकाले लगानी बढाउनुपर्छ । लगानी बढाएर अध्ययनको व्यवस्था मिलाउनेतर्फ हामीले सोचेका छौँ ।’ एसएलसीको नतिजा सार्वजनिक गर्ने वेला पनि उनले ग्रेडिङ प्रणालीको एसएलसीमा सहभागी भएका कोही पनि अध्ययनबाट वञ्चित नहुने र कहीँ न कहीँ अध्ययन गर्न पाउने बताएका थिए ।

डि र ई ग्रेडका विद्यार्थीले पढ्न पाउने विषय

ल्याब असिस्टेन्ट, सिएमए, अनमि, आयुर्वेद, अमिन, इलेक्ट्रिकल सबओभरसियर, सिभिल सबओभरसियर, भेटनरी, जेटिए, कृषि जेटिए, उद्यमशीलता विकास, टिएसएलसी इन कम्प्युटर इन्जिनियरिङ, अटो मेकानिक, मेकानिकल, कुलिनरी आर्ट, सोसियल मोबिलाइजेसन

लगानी बढाउनुपर्छ : शिक्षासचिव

शिक्षासचिव विश्वप्रकाश पण्डितले रोजगारका लागि सीपमूलक शिक्षा आवश्यक भएकाले लगानी बढाएर भए पनि सबैलाई पढाउनेतर्फ सोच्नुपर्ने बताए । प्राविधिकतर्फको पढाइ हुने टिएसएलसीमा लगानी बढाउनेतर्फ छलफल भइरहेको उनको भनाइ छ । ‘ठूलो रोजगार ग्रास रुटमा छ । त्यसैले रोजगारमूलक शिक्षा आवश्यक छ,’ उनले भने, ‘टिएसएलसीमा धेरै स्कोप भएकाले लगानी बढाउनुपर्छ । लगानी बढाएर अध्ययनको व्यवस्था मिलाउनेतर्फ हामीले सोचेका छौँ ।’ एसएलसीको नतिजा सार्वजनिक गर्ने वेला पनि उनले ग्रेडिङ प्रणालीको एसएलसीमा सहभागी भएका कोही पनि अध्ययनबाट वञ्चित नहुने र कहीँ न कहीँ अध्ययन गर्न पाउने बताएका थिए ।

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् ।

प्रतिक्रिया