Edukhabar
शनिबार, १२ असोज २०८१
गतिविधि

अब उच्चमाविमा जापानी भाषा पढाई हुने

विहीबार, ०९ असार २०७३

काठमाडौ - राजधानीको एक उच्चमाविले मुलुकमै पहिलो पटक कक्षा ११ र १२ मा जापानी भाषालाई ऐच्छिक विषयको रुपमा अध्यापन सुरु गर्ने भएको छ । अरु ऐच्छिक विषय झै जापानी भाषा लिने विद्यार्थीले ११ र १२ कक्षामा एक एक सय पूर्णाङकको परिक्षा दिनु पर्नेछ ।

पछिल्लो समयमा जापानमा अध्ययन र रोजगारीका लागि जाने विद्यार्थी माझ जापानी भाषाको माग बढिरहेको बेला उच्च माध्यमिक शिक्षा परिषद्बाट अनुमति लिएर पढाई शुरु गर्न लागेको ग्रिनफिल्ड नेशनल उच्च मावि, बाफलले जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर विद्यालयले उच्च शिक्षाको लागि जापान जाने विद्यार्थीलाई थप भाषा कक्षा लिनु नपर्ने दावी गरेको छ ।

विद्यालयका प्राचार्य खड्कबहादुर बस्नेतले विश्वाभाषा क्याम्पसले अनौपचारिक रुपमा भाषा शिक्षा दिईरहे पनि औपचारिक शिक्षाको अभावमा समस्या देखेर आफूहरुले पढाई शुरु गरेको बताए । यसले  नेपालमा जापानी भाषा शिक्षण गर्ने अध्यापकको अभावलाई समेत कम गर्ने उनको विश्वास छ ।

प्रकाशित मिति २०७३ असार ९ गते

प्रतिक्रिया