भक्तपुर - शिक्षक सेवा आयोगले गत फागुनमा लिएको निम्न माध्यमिक तहको स्थायी शिक्षक लाईसेन्सको नतिजा सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक भएको नतिजा अनुसार ३ हजार ३४ जना उत्तीर्ण भएका आयोगले जनाएको छ । यो कूल परीक्षार्थीको ५ दशमलव ५१ प्रतिशत मात्रै हो ।
लाईसेन्सका लागि फारम भरेका ६० हजार ८ सय ५६ मध्ये परीक्षामा ५५ हजार ३ सय २ जना सहभागि भएका थिए । २ सय ४७ जनाको नतिजा रद्ध भएको छ ।
उक्त नतिजा ८६८७ मा एसएमएस गरेर थाह पाउन सकिने आयोगले जनाएको छ । जसका लागी TSC टाईप गरेर स्पेस दिई सिम्बोल नम्बर टाईप गर्नु पर्ने छ ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् : http://www.tsc.gov.np/
आयोगले मंगलबार माविको लाईसेन्सको नतिजा सार्वजनिक गरेको थियो ।
पढ्नुहोस् : शिक्षक आयोगद्धारा लाईसेन्सको नतिजा सार्वजनिक, पास भएकाले अहिलेकै आयोग लड्न पाउने
गत फागुन १५ गते भएको परीक्षाको यो नतिजामा चित्त नबुझेमा पुर्नयोगका लागि असार २३ गते सम्मको म्याद राखिएको प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । पास भएका परीक्षार्थीले सम्बन्धित जिल्ल शिक्षा कार्यालयबाट प्रमाणपत्र पाउने छन् ।
अहिले उत्तीर्ण भएका परीक्षार्थीले असार १२ गते सम्म म्याद रहेको निमावी स्थायी शिक्षकको विज्ञापनमा पनि फर्म भर्न पाउने छन् । परीक्षार्थीको समय खेर नजाओस् भनेर आयोगले यो मौका दिएको प्रवक्ता मरहठ्ठाले बताए । माथिल्लो तहको लाईसेन्स भएको परीक्षार्थाीले तल्लो तहको आयोग लड्न पाउने भएकाले यो ब्यवस्था मंगलबार सार्वजनिक भएको माविको नतिजामा पनि लागू गरिएको छ ।
प्रकाशित मिति २०७३ असार ८ गते
प्रतिक्रिया