Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

प्राविधिक एसएलसीको नतिजा पनि सार्वजनिक (नतिजाको लिंक सहित)

बुधबार, ०८ असार २०७३

भक्तपुर - परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्राविधिक एसएलसीको नतिजा पनि सार्वजनिक गरेको छ । नियमित र एक्जाम्टेड गरी परीक्षामा ३ हजार २ सय २६ जना सहभागि थिए ।

नतिजा अनुसार सबै भन्दा धेरै एक हजार एक सय ९६ विद्यार्थीले जीपीए २ दशमलव ८ देखि ३ दशमलव २ भन्दा कम ल्याएका छन् । जीपीए ३ दशमलव ६ देखि ४ भन्दा कम ल्याउने विद्यार्थीको संख्या २ सय रहेको छ भने जीपीए ३ दशमलव २ देखि ३ दशमलव ६ भन्दा कम ल्याउने विद्यार्थीको संख्या ७ सय ४ रहेको नियज्त्रक कृष्णप्रसाद काप्रीले बताए । 

यसैगरी जीपीए २ दशमलव ४ देखि २ दशमलव ८ भन्दा कम ल्याउने विद्यार्थीको संख्या

८ सय ६१, जीपीए २ देखि २ दशमलव ४ भन्दा कम ल्याउने विद्यार्थीको संख्या २ सय १८, जीपीए १ दशमलव ६ देखि २ भन्दा कम ल्याउने विद्यार्थीको संख्या २७ र जीपीए १ दशमलव २ देखि १ दशमलव ६ भन्दा कम ल्याउने विद्यार्थीको संख्या एक रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसैगरी कम उमेर भएको १ जना थ्योरी मिसिङ्मा १३ र प्राक्टिकल मिसिङ्मा २ जना रहेका छन् । फर्म भरेर पनि परीक्षामा सामेल नभएका विद्यार्थी ३१ जना रहेको नियन्त्रक काप्रीले जानकारी दिए ।

नीयमित तर्फ ३ हजार २ सय २३ जना सहभागी थिए । बाँकी ३ जना एक्जाम्टेड तर्फ थिए । ती मध्ये १ जनाले २ दशमलव ८ देखि ३ दशमलव २ भन्दा कम जीपीए ल्याए भने, अर्का ए कजनाले २ दशमलब ४ देखि २ दशमलब ८ भन्दा कम जीपीए ल्याए । एक जनाको प्राक्टिकल मिसिङ् भएको कार्यालयले जनाएको छ ।

यी विद्यार्थीको ग्रेड बृद्धि परीक्षा पनि सामान्यकै जस्तो साउन १४ गतेबाट हुने काप्रीले बताए ।

देशभरका एक सय १ विद्यालयबाट प्राविधिक एसएलसीमा विद्यार्थी सहभागि थिए । प्राविधिक धार तर्फको एसएलसी गत बर्ष देखि शुरु भएको हो ।  सामान्य धारको नतिजा सार्वजनिक भएको एक हप्ता भित्रै कार्यालयले नतिजा सार्वजनिक गरेको छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् : http://soce.gov.np/

प्रकाशित मिति २०७३ असार ८ गते

प्रतिक्रिया