भक्तपुर - शिक्षक सेवा आयोगले गत फागुनमा लिएको माध्यामिक तहको स्थायी शिक्षक लाईसेन्सको नतिजा सार्वजनिक गरेको छ । आवेदन दिएका ३० हजार ४ सय २३ मध्ये २६ हजार १ सय ५९ जना परीक्षामा सहभागि भएको आयोगले जनाएको छ । यी मध्ये ४ हजार २ सय ८७ जना उत्तिर्ण भएको आयोगले जनाएको छ । यो कूल परीक्षार्थीको १६ दशमलव ३९ प्रतिशत हो । उक्त नतिजा ८६८७ मा एसएमएस गरेर थाह पाउन सकिने आयोगले जनाएको छ । जसका लागी TSC टाईप गरेर स्पेस दिई सिम्बोल नम्बर टाईप गर्नु पर्ने छ ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् : http://tsc.gov.np/
गत फागुन १४ गते भएको परीक्षामा सहभागी ५५ जनाको परीक्षा रद्ध भएको छ ।
१५ गते भएको निमावीको नतिजा अन्तिम चरणमा पुगेको र चाँडै नै सार्वजनिक गर्ने तयारी रहेको आयोगले जनाएको छ ।
अहिले उत्तीर्ण भएका परीक्षार्थीले असार १२ गते सम्म म्याद रहेको निमावी स्थायीका लागि पनि फर्म भर्न पाउने छन् । परक्षिार्थीको समय खेर नजाओस् भनेर आयोगले यो मौका दिएको प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । माथिल्लो तहको लाईसेन्स भएको परीक्षार्थाीले तल्लो तहको आयोग लड्न पाउने भएकाले यो ब्यवस्था गरिएको उनले बताए ।
यसका लागि परीक्षार्थीले सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा आफ्नो प्रवेशपत्रको प्रतिलिपी पेश गर्नु पर्ने ब्यवस्था मिलाईएको छ ।
तर अंग्रेजी, गणित, कम्युटर, बाली विज्ञान, लेखा, सिभिल ईञ्जिनियरिङ, ईलेक्ट्रिकल ईञ्जिनीयरिङ्, पशुपालन सहित ९ विषयमा अनुमती पत्र भएर पनि तालिम नलिएकाले भने निमाविको यो परीक्षामा दरखास्त भर्न पाउने छैनन् ।
परीक्षाको नतिजा चित्त नबुझेमा पुर्नयोगका लागि असार २२ गते सम्मको म्याद राखिएको उनले बताए । पास भएका परीक्षार्थीले सम्बन्धित जिल्ल शिक्षा कार्यालयबाट प्रमाणपत्र पाउने छन् ।
प्रकाशित मिति २०७३ असार ७ गते
प्रतिक्रिया