काठमाडौं– मुलुकमा ९ विश्वविद्यालय र ३ स्वायत्त प्रतिष्ठानका रुपमा शैक्षिक संस्था सञ्चालनमा रहे पनि विद्यार्थीेको चाप भने अहिले पनि मुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमै रहेको छ । विश्वविद्यालय अनुदान आयोगका अनुसार उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीेको ८० प्रतिशत चाप अझै पनि त्रिविमा निरन्नतर छ ।
आयोगको तथ्यांक अनुसार तीन स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित कुल १२ विश्व विद्यालयमा प्राविधिक सहितको उच्च शिक्षा अध्ययन अध्यापन हुने गरेको छ । ती मध्ये त्रिविमा अझै पनि विद्यार्थीको आर्कषण देखिएको छ । शैक्षिक सत्र ०७१/०७२ लाई आधार मान्दा त्रिविको प्राविधिक प्रमाण पत्र तह सहित विद्यावारिधि सम्म अध्ययनरत विद्यार्थीको संख्या ३ लाख ७४ हजार ६ सय ४७ रहेको छ । ती मध्ये त्रिवि अन्र्तगतका शैक्षिक प्राविधिक र अप्राविधिक संस्थामा अध्ययनरत विद्यार्थीको संख्या २ लाख ९८ हजार ९ सय ९९ छ । त्यस मध्ये बार्षिक रुपमा तह उत्र्तिण (पास) गर्ने विद्यार्थीको संख्या ६२ हजार १ सय ८२ छ ।
त्रिविमा सबै भन्दा विद्यार्थीेको चाप भएको तह स्नातक (विए) हो । तीन वर्षे अध्ययन कोर्स विएमा एक शैक्षिक सत्रमा भर्ना भएको संख्या मात्र २ लाख ५१ हजार ५ सय ८० छ भने उत्र्तिण उक्त हुने संख्या ४९ हजार ३ सय ३७ रहेको छ । त्यसै गरी त्रिविको स्नातकोत्तर तहमा भर्ना संख्या ४२ हजार ९ सय ३९ छ भने उत्र्तिण गर्नेको संख्या १२ हजार १ सय ५३ रहेको अघिल्लो शैक्षिक सत्रको तथ्याङ्कले देखाएको छ ।
यसैगरी एम फिल र विद्यावारिधिमा भर्ना विद्यार्थीको संख्या क्रमशः २ सय ७ र ३ सय १३ रहेको छ । उत्र्तिण हुनेको संख्या क्रमशः ८६ र ७६ रहेको छ । त्यसैगरी त्रिविको प्रमाण पत्र नर्सिङमा भर्ना २ सय ८६ र उत्र्तिण हुनेको संख्या पनि शत प्रतिशत नै रहेको तथ्यांकले देखाएको छ ।
त्यसै गरी विद्यार्थीेको चाप भएको दोस्रो विश्वविद्यालयको सुचीमा पोखरा विश्वविद्यालय रहेको छ । यस विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा बार्षिक भर्ना २५ हजार ५ सय ३१ छ । तह उत्र्तिण (पास) हुने संख्या ३९ सय ५१ रहेको छ ।
त्यसैगरी विद्यार्थीेको चाप हुने तस्रो विश्वविद्यालयको सुचीमा पूर्वाञ्चल विश्वविद्यालय रहेको छ । यस विश्वविद्यालयमा पनि स्नातक र स्नातकोत्तर तहमा बार्षिक भर्ना २३ हजार ५ सय ३९ रहेको छ, भने बार्षिक रुपमा तह उत्र्तिण (पास) हुने संख्या ४६ सय ४४ रहेको छ ।
त्यसैगरी काठमाडौं विश्वविद्यालयमा स्नातक देखि विद्यावारिधि सम्म भर्ना हुने संख्या १५ हजार ८ सय ५२ रहेको छ भने सबै तहमा गरी उत्र्तिण हुने विद्यार्थीेको संख्या २२ सय ८४ रहेको छ । संख्याका हिसावले धरै विद्यार्थीेको आकर्षण भएका विश्वविद्यालय क्रमशः त्रिवि, पूर्वाञ्चल, पोखरा र काठमाडौं छन् ।
त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालयमा ३४ सय १२ विद्यार्थी भर्ना भएका छन् भने उत्तिर्ण हुनेको संख्या १५ सय १६ रहेको छ । त्यसै गरी नयाँ क्षेत्रीय विश्वविद्यालयको स्वरुपमा आएका नयाँ विश्वविद्यालयहरुमा मध्य र सुदुर पश्चिमाञ्चलमा बार्षिक भर्ना क्रमशः करिब २६ र १९ सय मात्र छ । यी विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तह मात्र सञ्चालन गरे पनि तह उत्तिर्ण भएको नतीजा अझै आउन सकेको छैन ।
प्राविधिक विश्वविद्यालयका रुपमा आएको कृषि तथा बन विश्वविद्यालयमा पनि भर्ना भएर अध्ययनरत विद्यार्थीको संख्या करिब १६ सय पुगेको छ । त्यसै गरी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत क्रमशः वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल शिक्षा अध्यनरत विद्यार्थीेको संख्या क्रमशः ३ सय ५१, ५ सय ४६ र २ सय ९५ रहेको छ ।
तथ्यांक अनुसार नेपालको उच्च शिक्षा अध्ययन गर्न प्राविधिक र अप्राविधिक विषयमा वार्षिक ३ लाख ७४ भन्दा धेरै भर्ना हुने गरेको तथ्याङ्कले देखाएको छ । ती मध्ये करिब मेडिकल शिक्षा अध्ययन गर्न बर्षिक १ हजार विद्यार्थी विदेशबाट नेपाल आउने गरेका छन् । त्यसै गरी नेपालबाट उच्च शिक्षा अध्ययन गर्न भारत बाहेकका देशमा बार्षिक करिब ३० हजार भन्दा धेरै विदेशीने गरेका छन् ।
प्रकाशित मिति २०७३ असार ६ गते
प्रतिक्रिया