Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

शिक्षकहरु धमाधम राजीनामा दिँदै

शनिबार, २६ भदौ २०७२

काठमाडौं २६ भदौ /  शिक्षक सेवा आयोगले लाइसेन्स नभएका शिक्षक हटाउन जिल्ला शिक्षा कार्यालयलाई पत्राचार गरेपछि पाँचथर जिल्लामा अहिले बिना लाइसेन्सका शिक्षकले धमाधम राजीनामा दिन थालेका छन् । जिल्ला शिक्षा अधिकारी, विद्यालय निरीक्षक, स्रोत व्यक्तिलगायतले निकालेको तथ्याङ्कमा जिल्लामा स्थायी, अस्थायी, राहतका गरी ५६ जना शिक्षकको लाइसेन्स नरहेको पाइएको छ । त्यसमध्ये अहिलेसम्म छजनाले राजीनामा दिइसकेको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताउनुभयो ।

उहाँले भन्नुभयो – “आयोगले अहिले लाइसेन्स नभएका शिक्षकलाई धमाधम सेवाबाट अवकाश गर्न भनेपछि उनीहरु आफैँले राजीनामा गर्न थालेका छन् भने लाइसेन्स नभएका शिक्षकको तलब निकासा नै नगर्न परिपत्र आएको छ ।” जिल्लामा बढी विज्ञान र गणित विषय पढाउने शिक्षकको लाइसेन्स नरहेको पाइएको छ ।

गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया