Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

ग्रेड हेर्नुहोस् रुचिअनुसार विषय छान्नुहोस्

सोमबार, ०६ असार २०७३

काठमाडौं ६ असार / एसएलसीमा कुन ग्रेड ल्याएकाले के पढ्ने भन्ने बारेमा ढिलो निर्णय हुँदा विद्यार्थी र अभिभावक अन्यौलमा परे । एसएलसी नतिजा आउनु अघिल्लो दिन रातारात उक्त निर्णय भयो । उक्त निर्णय edukhabar ले राती नै प्रकाशित गर्यौं । पढ्नुहो्स् : कक्षा ११ मा विद्यार्थी भर्नाको आधार तय

तर, कुन ग्रेडले के पढ्ने भन्ने निर्णय बुझ्न नभ्याउँदै नतिजा सार्वजनिक भएपछि झन् अन्यौल बढ्यो । उक्त निर्णयका बारेमा सञ्चार माध्यामले अझै सरल भाषामा जानकारी पस्किरहेकै छन् । यहि सन्दर्भमा आज नयाँ पत्रिकाले कुन ग्रेडले के पढ्ने भन्ने बारेमा सरल भाषमा लेखेको छ । 

समूह १

साइन्स समूहका फिजिक्स, केमेस्ट्री, बायोलोजी, म्याथ वा कम्प्युटर साइन्स विषय अध्ययनका लागि कक्षा ११ मा भर्ना पाउन कम्तीमा जिपिए २ ल्याउनुपर्ने, साइन्स र म्याथमा सी प्लस ल्याउनुपर्ने, इंग्लिसमा सी र सोसल र नेपालीमा डी प्लस ल्याउनुपर्ने निर्णय गरेको छ ।

समूह २

भोकेसनल ग्रुपका विषयहरू एनिमल साइन्स/प्लान्ट साइन्स, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ तथा कम्प्युटर इन्जिनियरिङका लागि न्यूनतम जिपिए १.६ हुनुपर्नेछ । साइन्स, म्याथ र इंग्लिसमा न्यूनतम सी ग्रेड ल्याउनुपर्ने र सोसल र नेपालीमा डी प्लस ल्याउनुपर्ने निर्णय गरेको छ ।

समूह ३

त्यसैगरी म्याथ, एकान्टेन्सी, इकोनोमिक्स, कम्प्युटर साइन्स, टिचिङ म्याथ, को अपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज, जोग्राफी, साइकोलोजीका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्ने निर्णय गरेको छ । ती विषयका लागि एसएलसीमा म्याथम्याटिक्समा न्यूनतम सी ल्याउनुपर्ने र इंग्लिस, नेपाली र सोसल साइन्समा न्यूनतम डी प्लस ल्याउनुपर्ने व्यवस्था गरेको छ ।

समूह ४

फिजिकल एजुकेसन, केमेस्ट्री एजुकेसन, बायोलोजी एजजुकेसन, टिचिङ साइन्सका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्नेछ । एसएलसीमा साइन्स र म्याथमा न्यूनतम सी र इंग्लिस, नेपाली र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्ने हुन्छ ।

समूह ५

इंग्लिस, अल्टरनेटिभ इंग्लिस, टिचिङ इंग्लिस र लिंग्विस्टिक पढ्नका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्ने हुन्छ । त्यसैगरी, एसएलसीमा इंग्लिसमा न्यूनतम सी र नेपाली र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्ने व्यवस्था गरेको छ ।

समूह ६
मास कम्युनिकेसन, होटेल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजम अध्ययनका लागि न्यूनतम जिपिए १.६ र एसएलसीमा इंग्लिसमा सी, नेपाली म्याथ र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्ने निर्णय भएको छ ।

समूह ७
नेपाली, टिचिङ नेपालीका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्छ । त्यसैगरी, एसएलसीमा नेपालीमा न्यूनतम सी, इंग्लिस र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्ने निर्णय गरेको छ ।

समूह ८

पेलिटिकल साइन्स, हिस्ट्री, कल्चर, होम साइन्स, सोसियोलोजी, साइकोलोजी, लाइब्रेरी एन्ड इन्फरमेसन साइन्स अध्ययनका लागि न्यूनतम जिपिए १.६ चाहिन्छ । यी विषय अध्ययनका लागि एसएलसीमा सोसलमा न्यूनतम सी, नेपाली र इंग्लिसमा न्यूनतम डी प्लस ल्याउनुपर्नेछ ।

समूह ९

इन्ट्रोडक्सन टु एजुकेसन, इन्ट्रोडक्सन टु पेडागोजी, हेल्थ एन्ड फिजिकल एजुकेसन, पपुलेसन स्टडिज, इन्भाइरोमेन्ट एजुकेसन अधययनका लागि पनि जिपिए न्यूनतम १.६ चाहिन्छ । त्यसैगरी, एसएलसीमा इपिएचमा न्यूनतम सी, नेपाली, इंग्लिस र साइन्समा न्यूनतम डी प्लसको व्यवस्था गरेको छ ।

समूह १०

ह्युमन भेलु एजुकेसन, जनरल ल, संस्कृत व्याकरण, साहित्य, न्याय, वेद, नीति शास्त्र, बौद्ध एजुकेसन र ल अध्ययनका लागि न्यूनतम जिपिए १.६ का साथै नेपाली, इंग्लिस र सोसलमा न्यूनतम डी प्लस ल्याएमा विद्यार्थीले भर्ना पाउँछन् ।

समूह ११

मैथिली, हिन्दी, नेवारी, फ्रेन्च, जापनिज, उर्दू, जर्मन, चाइनिज र अरू भाषा अध्ययनका लागि न्यूनतम जिपिए १.६ र इंग्लिसमा न्यूनतम डी प्लस ल्याएमा भर्ना पाउने व्यवस्था गरेको छ ।

समूह १२
डान्स, म्युजिक, स्कल्प्चर, पेन्टिङ, एप्लाइड आर्ट, स्पोर्टस् र अरू विषयमा न्यूनतम जिपिए १.६ र इंग्लिसमा न्यूनतम डी प्लस ल्याएमा कक्षा ११ मा भर्ना पाउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया