Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

डाक्टरकै प्रमाणपत्र नक्कली ! (नामावली सहित)

आइतबार, ०५ असार २०७३

काठमाडौं – समाजले विश्वास गरेको पेशा चिकित्सकमा नक्कलीको विगविगी भए पछि अब उपचार कुन डाक्टरसँग गराउने भन्ने विश्वस्त हुन गाह्रो भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नक्कली प्रमाणपत्रका आधारमा डाक्टर भएका ३६ जनाको नाम सार्वजनिक गरे पछि अहिले चिकित्सकहरु प्रति यस्तो शंका बढेको हो ।

सामाखुशीको कान्तिपुर डेण्टल कलेजका संस्थापक संचालक बुद्धि श्रेष्ठको नाम पनि प्रहरीले सार्वजनिक गरेको छ । सिआइबीले ‘अपरेसन क्वाक’ नाम दिएर सञ्चालन गरेको कारवाहीमा उनीहरु शुक्रबार पक्राउ परेका थिए । उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दामा म्याद थप गरि आवश्यक कारवाही सुरु भएको सिआइबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति अनुसार काठमाडौंमा ८ पुरुष र ५ महिला गरी १३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्सा दोस्रो स्थानमा छ । त्यहाँबाट ९ जना पुरुष डाक्टर पक्राउ परेका छन् ।

यसैगरी चितवनबाट ३, ललितपुरबाट २, धनुषाबाट २ सुनसरीबाट १, झापाबाट एक र कास्कीबाट एक जना पक्राउ परेका छन् । सिआईवीले आफ्नो यो अप्रेसन जारी रहेको जनाएको छ । प्रहरी स्रोतका अनुसार देशभर थप १ सय शंकास्पद चिकित्सकका वारेमा अनुसन्धान जारी छ ।

निजी मेडिकल कलेज सञ्चालकहरुको संस्था नेपाल मेडिकल एण्ड डेण्टल कलेज एसोसिएसनका कार्यवहाक अध्यक्ष डा. सुरेश कनौडियाले शंकाको आधारमा अनुसन्धान गर्नु जायज भए पनि अपराधिलाई जस्तो ब्यवहार गर्दै प्रहरीले गरेको पक्राउ प्रति आपत्ति जनाए । पक्राउ परेका चिकित्सकहरुको कुन तहको प्रमाणपत्र नक्कली हो सो सार्वजनिक गर्न माग समेत गरे । 'पक्राउ परेका कतिपय चिकित्सकहरु एमवीवीएस अध्ययन गरेर नेपाल मेडिकल काउन्सिलको परीक्षा पास गरेकाहरु छन्' उनले भने, 'त्यसैले अनुसन्धान कुन तहको प्रमाणपत्रका लागि हो स्पष्ट पार्नु पर्छ ।'

प्रहरीले सार्वजनिक गरेको नक्कली चिकित्सकको नामावली :

- पुनम कर्ण

- लिला राजवंशी

- बुद्धिमान श्रेष्ठ

- विनिता अधिकारी

- रावेत रञ्जन कुमार ठाकुर

- बोदित आचार्य

- दिपेश पौडेल

- गजान्नद प्रसाल भण्डारी

- संजय यादव

- सन्तोष कुमार झा

- गणेश साह

- निलिमा खड्का महत

- विनिता मण्डल

- राहिल फराज अन्सारी

- श्रीराम घिमिरे

- कुशराज गिरी

- पन्नालाल पटेल

- महेश्वर राय यादव

- निमेष पाल रमन

- मोहक्मद रुलाल्लह

- मोहम्द अवुल कालम

- ईशादुल हक

-सरोज कुमार सिंह

- रजनी अग्रवाल

- रमिन्द्र कुमार पाण्डे

- रामजी यादव

- राम कुमार प्रधान

- विष्णु प्रसाद भुषाल

- अरुण कुमार गुप्ता

- संजय कुमार दास

- दिनेश कुमार साह

- मनिष अर्याल,

- राजन पुरी

- र जावेद अख्तर अन्सारी

प्रकाशित मिति २०७३ असार ५ गते

प्रतिक्रिया