Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

कति ल्याउनेले के पढ्न पाउने ?

आइतबार, ०५ असार २०७३

काठमाडौं ५ असार / अनिवार्य गणित, विज्ञान र अंग्रेजीमा सी प्लस, अंग्रेजीमा सी, सामाजिक, नेपालीमा डी प्लस र जीपीए न्यूनतम २.० ल्याउनले विज्ञान समूह पढ्न पाउँछन्। त्यस्तै विज्ञान, गणित, अंग्रेजीमा सी ग्रेड र १.६ जीपीए ल्याउनेले प्राविधिक धारतर्फ ११ कक्षामा भर्ना पाउँछन्।

व्यवस्थापन (म्यानेजमेन्ट) समूहको लेखा, अर्थशास्त्र, कम्प्युटर साइन्स, इलेन्ट्स अफ फाइनान्स, बिजनेसन म्याथ, को–अपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज अध्ययन गर्न अनिवार्य गणितमा सी, अंग्रेजी, नेपाली, सामाजिक र विज्ञानमा डी प्लस ल्याउनुपर्ने हुन्छ। १.६ जीपीए भने चाहिन्छ। व्यवस्थापन तर्फकै होटल म्यानेजमेन्ट र ट्राभल एन्ड टुरिज्म अध्ययन गर्न पनि १.६ जीपीए, अंग्रेजीमा सी, नेपाली र सामाजिकमा डी प्लस ल्याउनुपर्ने हुन्छ।

मानविकीतर्फ अध्ययन गर्न १.६ जीपीए ल्याए पुग्छ। तर, तीनवटा ऐच्छिक विषय कुन लिने हो? त्यसको आधारमा विषयगत ग्रेड पनि हेरिन्छ। ऐच्छिक विषयहरू गणित, अर्थशास्त्र, भूगोल अध्ययन गर्न चाहनेले गणितमा सी, अंग्रेजी, नेपाली, सामाजिक र विज्ञानमा डी प्लस ल्याउनुपर्ने हुन्छ।

ऐच्छिक अंग्रेजी लिएर अध्ययन गर्न चाहनेले अंग्रेजीमा सी, नेपाली र सामाजिकमा डी प्लस ल्याउनुपर्ने हुन्छ। मासकम्युनेसन अध्ययन गर्न अंग्रेजीमा सी, नेपाली, गणित र सामाजिकमा पनि डी प्लस चाहिन्छ। ऐच्छिक नेपाली लिन चाहनेले नेपालीमा सी, अंग्रेजी र सामाजिकमा डी प्लस ल्याए पनि हुन्छ।

जीपीए २.० नभएका विद्यार्थीको विज्ञान र गणितमा सी, अंग्रेजी, नेपाली, सामाजिकमा डी प्लस ल्याउने शिक्षातर्फको विज्ञान विषयहरू पढ्न पाउँछन्। त्यसमा भौतिक, रसायन, जीव र टिचिङ विज्ञान शिक्षा अध्ययन हुन्छ।

शिक्षा समूहमा १.६ जीपीए ल्याउने विद्यार्थीले पनि कक्षा ११ मा भर्ना हुन पाउँछन्। शिक्षा समूहमै पढाइ हुने टिचिङ अंग्रेजी अध्ययन गर्न अंग्रेजीमा सी, नेपाल र सामाजिकमा डी प्लस ल्याउनुपर्ने हुन्छ।

नेपाली र टिचिङ नेपाली पढ्न चाहनेले अनिवार्य नेपालीमा सी, अंग्रेजी र सामाजिकमा डी प्लस ल्याउनुपर्ने हुन्छ। शिक्षाको परिचय, इन्स्ट्रक्सन पेडागोजी/स्वास्थ्य तथा शारीरिक शिक्षा/जनसंख्या शिक्षा, वातारण शिक्षा विषय रोज्ने विद्यार्थीले जनसंख्या, वातारण र स्वास्थ्य शिक्षामा सी, नेपाली, अंगेजी र विज्ञानमा डी प्लस ल्याउनुपर्ने हुन्छ।

सामाजिक विषयमा सी ग्रेड, अंग्रेजी र नेपाली डी प्लस ल्याउने पोल्टिकल साइन्स, होम साइन्स, इतिहास, संस्कृति, सोसियोलोजी, दर्शनशास्त्र, पुस्तकालय विज्ञान लिएर कक्षा ११ पढ्न सकिन्छ।

मानवीय मूल्य शिक्षा, जनरल ल, संस्कृत, व्याकरण, साहित्य, न्याय, वेद, नीतिशास्त्र, बौद्ध शिक्षा अध्ययन गर्न १.६ जीपीए, नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस हुनुपर्छ। मैथली, हिन्दी, नेवारी फ्रेन्च, जापनिज, उर्दू, जर्मन, चाइनिज भाषा पढ्न अंग्रेजीमा डी प्लस मात्रै भए हुन्छ।

त्यस्तै डान्स, म्युजिक, मूर्तिकला, पेन्टिङ, एप्लाइड आर्टस्, स्पोर्टस् पढ्न चाहने विद्यार्थीको अंग्रेजीमा डी प्लस ल्याउनुपर्ने हुन्छ। तीबाहेक अन्य विषयमा जति ल्याए पनि हुन्छ।

कान्तिपुरमा अखण्ड भण्डारी र मकर श्रेष्ठले लेखेका छन्  ।

प्रतिक्रिया