Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

एसएलसीमा जीपीए कम हुनेले के गर्ने ?

आइतबार, ०५ असार २०७३

काठमाडौं ५ असार / दुई विषयसम्म सैद्धान्तिकमा डी र ई ल्याउने विद्यार्थीले साउन दोस्रो साता हुने मौका परीक्षा दिएर ग्रेड वृद्धि गर्न सक्छन्। जीपीए १.६ भन्दा कम ल्याउनेलाई अर्को विकल्प पनि छ, सीटीईभीटीको टीएसएलसी।

कक्षा ११ र सीटीईभीटीकै डिप्लोमामा भर्ना हुन मापदण्ड नपुगेका विद्यार्थीलाई टीएसएलसीको अवसर दिइने तयारी पूरा भएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले भने। ‘टीएसएलसीबाट पछि गैरप्राविधिक शिक्षामा फर्कन चाहनेलाई मिल्दोजुल्दो पाठ्यक्रमको भने अभाव देखिएको छ,’ उनले भने, ‘त्यसको पनि पहल हुँदैछ।’

प्राविधिक पढ्न २ जीपीए

सीटीईभीटीको आगिंक र सम्बन्धन प्राप्त स्वास्थ्यतर्फको विषयहरू, नर्सिङ, फार्मेसी, ल्याब, एचए, रेडियोग्राफी, अप्थाल्मिकलगायत अध्ययन गर्न २.० जीपीए ल्याउनुपर्ने हुन्छ।

त्यसबाहेक अंग्रेजी, गणित र विज्ञानमा सी ग्रेड चाहिन्छ। त्यस्तै इन्जिनियरिङ, कृषि, वन, पर्यटन विषय अध्ययन गर्न पनि २.० जीपीए आवश्यक हुन्छ। यी विषय लिन अंग्रेजी, गणित र विज्ञानमा सी ग्रेड ल्याउनुपर्ने हुन्छ।

कान्तिपुरमा अखण्ड भण्डारी र मकर श्रेष्ठले लेखेका छन्  ।

प्रतिक्रिया