Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

एसएलसीमा डी र ई ल्याउनेले सीटीर्इभीटीमा पढ्न पाउने

आइतबार, ०५ असार २०७३

काठमाडौँ, ५ असार । एसएलसी परीक्षामा डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई लक्षित गरेर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले १८ महिने प्राविधिक शिक्षा पढाउने भएको छ ।  एसएलसीको नतिजाअनुसार सामान्य धारका पढाइमा भर्ना हुन नसक्ने र भर्ना हुननसक्ने क्षमता भएका भए पनि प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीले यो कोर्स पढ्न पाउने छन् ।  

उच्च माध्यामिक शिक्षा परिषदले आफूअन्तर्गतका उच्च माविका भर्ना हुन ग्रेड प्वाइन्ट एभरेज जीपीए अन्तर्गत न्यूनतम १ दशमलव ६ ल्याउनुपर्ने निर्णय यसअघि नै गरिसकेको छ । १ दशमलव ६ ग्रेडअन्तर्गत सामान्य बुझाइमा ३० देखि ४० अंकसम्म ल्याउने विद्यार्थी पर्दछन् ।

सीटीईभीटीका सदस्यसचिव डा। रामहरि लामिछानेका अनुसार यस कोर्सअन्तर्गत३३ वटा विषयको पढाइ सञ्चालन गर्ने निर्णय शुक्रबार गरिएको हो । उनका अनुसार ती विषयको पाठ्यक्रम तयार गरिसकेको छ ।  सीटीईभीटीले यस कोर्सलाई टीइ एसएलसी भनेको छ ।

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया