Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

नयाँ ब्यवस्था सहित शिक्षक आयोगको परीक्षा

शनिबार, ०४ असार २०७३

भक्तपुर - माध्यमिक तह तृतीय श्रेणीको शनिवारको परीक्षाबाट शिक्षक सेवा आयोगले अपाङ्गता भएका परीक्षार्थीलाई सामान्य परीक्षार्थी भन्दा आधा घण्टा थप समय दिने ब्यवस्था शुरु गरेको छ । दुवै हात नचल्ने, दुवै आँखा नदेख्ने परीक्षार्थीका लागि प्रति घण्टा १० मिनेटका दरले आधा घण्टा समय थप गरिएको आयोगले जनाएको छ ।

थप गरिएको आधा घण्टामा बस्तुगतका लागि ३ मिनेट र विषयगतका लागि २७ मिनेट समय निर्धारण गरिएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । यो संगै यस पटकको परीक्षामा बस्तुगत र विषयगत प्रश्न एउटैमा आए पनि उत्तर २ वटामा लेख्नु पर्ने ब्यवस्था गरिएको छ । विगतमा बस्तुगतको उत्तर प्रश्नपत्रमै गा्लो लगाएर दिने गरिन्थ्यो । यस पटकदेखि सम्बन्धित परीक्षार्थीले दिएका बैकल्पिक उत्तर मध्ये बस्तुगत उत्तर पानामा क ख ग घ लेख्नु पर्ने छ उनले भने ।

माध्यमिक तह तृतीय श्रेणीको ६ सय ११ पदका लागि खोलिएको विज्ञापनमा शनिबार ४० हजार १ सय ५७ जना भिड्दै छन् । परीक्षाका लागि १० जिल्लमा २ सय ३ परीक्षा केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।
शिक्षा विभागबाट प्राप्त दरबन्दीका आधारमा २०६३ बैशाख १० पछि रिक्त रहेका मावि विभिन्न १४ विषय शिक्षक दरबन्दीमा स्थायी पदपूर्तिका लागि विज्ञापन भएको हो ।

परीक्षालाई मर्यादित र ब्यवस्थित रुपमा सञ्चालन गर्न आयोग कटिबद्ध रहेको उनले बताए । जिल्ला र क्षेत्रीय परीक्षा समन्वय समिति मार्फत् स्थानीय सुरक्षा निकायसंग सहकार्य गरेर आयोगले ब्यवस्थापन गरेको उनको भनाई छ ।

कुन पदमा कति शिक्षक भिड्दै छन् ?

यो पढ्नुहोस्  : शिक्षक आयोगको विज्ञापनमा ६५ गुना धेरैको आवेदन

प्रकाशित मिति २०७३ असार ४ गते

प्रतिक्रिया