Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

एसएलसीमा न्युन ग्रेड आएपछि आत्महत्या 

शनिबार, ०४ असार २०७३

काठमाडौँ, ४ असार । एसएलसी नतिजा आएले कतै खुसी कतै निराश बनाइरहेका बेला बझाङमा एक छात्राले झुन्डिएर आत्महत्या गरेकी छन् ।  एसएलसी नतिजामा ‘न्यून ग्रेड’ आएपछि निराश भएर पिपलकोट गाविस–१ घर भइ स्थानीय कन्या मावि बटुलसेरा बुङ्गलमा अध्ययनरत सुनिता भण्डारीले बिहीबार राति आत्महत्या गरेकी हुन् । 

०७०२५२० जेड सिम्बोल नम्बर भएकी १७ वर्षीया भण्डारीले डी प्लस १ दशमलव ३० जिपीए ग्रेड ल्याएकी थिइन् ।  एसएलसीको नतिजा सार्वजनिक भएको दिन न्यून ग्रेड आएको भन्दै निराश भएकी सुनिताले सोही राति गाँउ नजिकैको रुखमा झुन्डेर आत्महत्या गरेकी स्थानीय शिक्षक अक्कल कुँवरले बताए । 

पढाईमा अब्बल रहेकी सुनिता ग्रेड कम आएपछि मृत्यु रोज्न पुगेकी स्थानीयको भनाइ छ । बझाङका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले सुनिताले एसएलसीमा ग्रेडकम आएको दुःखमा आत्महत्या गरेको खवर आएको बताए । 

शव पोष्टमाटमका लागि शुक्रबार प्राथमिक स्वाथ्थ्य केन्द्र रायल ल्याइएको उनले जानकारी दिए । उक्त विद्यालयबाट ४६ जना विद्यार्थीहरुले परीक्षा दिएका थिए । 

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया