Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

६१ बर्षीयाको क्याम्पस चाहना !

शुक्रबार, ०३ असार २०७३

काठमाडौँ, ३ असार । एसएलसीको नतिजा प्रकाशनसंगै आनन्द र अन्योल उत्तिकै भाग लागेका छन् । ग्रेडिङ सिस्टमका कारण विगतमा जस्तो टाक्क पास की फेल भनेर नजान्दा अलि मुनिमुनिको र्याकमा परेका धेरै परीक्षार्थी खुशी बाड्नु की दुःख भन्ने दोधारमा छन् ।  

जिपिएमा नतिजा आएपछि ६१ बर्षीया ज्वाला विष्टको अवस्था पनि विहीबार दिनभर यस्तै रह्यो । हाल भक्तपुरको अनन्तेश्वर नगरपालिका १ बालकोटमा बस्दै आएकी अछामको कालिकास्थान घर भएकी विष्ट उत्प्रेरणा महिला विद्यालयबाट एसएलसीमा सहभागी भएकी थिइन् ।  

नतिजा आयो । उनले १ दशमलव ८ जिपिए त ल्याइन् । तर रिजल्ट आउँदा पास भएकी फेल भए भनेर अन्योलमा आफै परे, उनले भनिन् ।  ८१ बर्षीया उनी डि प्लसमा पास भएपछि क्याम्पस पढ्ने चाहना भएको बताउँछिन् । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया