Edukhabar
शनिबार, ०१ मंसिर २०८१
अन्तैवाट

क-कसले पढ्न पाउने ११ कक्षा ?

शुक्रबार, ०३ असार २०७३

काठमाडौँ, ३ असार । एसएलसी परीक्षामा सहभागीमध्ये चार लाख ८२ हजार नौ सय ९८ विद्यार्थीले कक्षा ११ अध्ययन गर्न पाउने भएका छन् । एक लाख ५ हजार एक सय ५४ जनाले समग्र स्तरीकृत अंक ९जीपीए० न्यूनतम १.६ ल्याउन नसकेकाले अयोग्य भएका छन् । 

एसएलसीमा नियमित र एक्जाम्टेड गरी पाँच लाख ८८ हजार एक सय ५२ विद्यार्थी सहभागी थिए । परीक्षा दिएकामध्ये ८२।१२ प्रतिशतले माथिल्लो कक्षा चढ्न पाएका छन् । एसएलसी सुरु भएयताकै धेरै विद्यार्थीलाई कक्षा चढाइएको यो पहिलो हो । अयोग्यमा परेका १७।८८ प्रतिशत विद्यार्थीहरूले पनि प्राविधिक शिक्षाअन्तर्गतको व्यावसायिक शिक्षा अध्ययन गर्न सक्नेछन् ।

‘१।६ जीपीए नल्याउनेलाई पनि प्राविधिकतर्फ व्यावसायिक शिक्षा लिने व्यवस्था गरेका छौं,’ बिहीबार एसएलसीको नतिजा सार्वजनिक गर्दै शिक्षा सचिव विश्वप्रकाश पण्डितले भने, ‘सबैले मास्टर र पीएचडी गर्दैनन् । रोजगारीमूलक सीप सिक्न १।६ भन्दा कम जीपीए ल्याउनेलाई कुनै बाधा हुँदैन ।’

उच्च माध्यमिक शिक्षा परिषद्को बुधबारको बैठकले कक्षा ११ मा विज्ञान समूहमा भर्ना हुन २ र अन्यमा कम्तीमा १।६ ल्याउनुपर्ने निर्णय गरेको थियो । परीक्षा नियन्त्रण कार्यालयले यस वर्ष एसएलसीको परिणाम जीपीएका आधारमा पहिलो पटक सार्वजनिक गरेको हो । यो विधिबाट नतिजा आएपछि विद्यार्थी, अभिभावक र सरोकारवाला भने अन्योलमा छन् । 

विद्यार्थीले प्राप्त गरेको जीपीए अंक कति प्रतिशत र कुन ग्रेडमा पर्‍यो भन्नेमा सबैको चासो छ । कार्यालयले विगतमा मार्कसिटमा कुन विषयमा कति अंक आयो भनेर राख्ने गर्थ्यो । यस वर्ष त्यसको सट्टा ग्रेड ९ए प्लस देखि ई सम्म० राखेको छ । 

त्यस्तै गत वर्षसम्म श्रेणी छुट्याउने विधि हटाएर ग्रेडसिटमा जीपीए ९०।८ देखि ४ सम्म० हुने व्यवस्था गरेको छ ।  विगतमा सय पूर्णांक हुन्थ्यो भने यसपालि अधिकतम जीपीए ४.० हुन्छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीका अनुसार नियमिततर्फ चार लाख ३७ हजार तीन सय २६ जना परीक्षामा सहभागी भएकामा ३।६ भन्दा माथि ४ जीपीए ल्याउने १६ हजार चार सय ५४ छन् । 

सार्वजनिक नतिजाअनुसार ०४८७९९८ ‘डी’ सिम्बोल नम्बर भएका विद्यार्थीले ४।० जीपीए प्राप्त गर्न सफल भएका छन् भने ३६ जनाले ३।९५ जीपीए ल्याएका छन् । यस्तै ३।९० ल्याउनेको संख्या २ सय ६५ छ ।

३.२ भन्दा माथि ३।६ सम्म ल्याउने ४१ हजार ५ सय ७७ जना छन् । २।८ जीपीएभन्दा माथि ३।२ सम्म ल्याउनेमा ४८ हजार ६ सय ११, २।४ भन्दा माथि २।८ सम्म अंक ल्याउने ६३ हजार १ सय ८१ जना छन् ।

त्यस्तै २ भन्दा माथि २।४ ल्याउने ९४ हजार सात सय १६ जना छन् । १।६ भन्दा माथि २ जीपीएसम्म एक लाख चार हजार दुई सय ७८ विद्यार्थी छन् । १।२ देखि १।६ जीपीए ल्याउने ५६ हजार ७ सय ६३ छन् ।

०।८ भन्दा माथि १।२ सम्म अंक ल्याउनेको संख्या ८ हजार छ भने ०।८ सम्म मात्र अंक ल्याउनेको संख्या ११ जना छ । मर्यादाविपरीत कार्य गर्ने ३ जना परीक्षार्थीहरूको सबै विषयको परीक्षा रद्द गरिएको छ भने तीन सय ८० जनाको एउटा विषयको परीक्षा रद्द गरेको नियन्त्रक काप्रीले बताए ।

एसएलसी परीक्षाको ८३ वर्षे इतिहासमा यो अन्तिम हो । यसपालि परीक्षा भएको ६९औं दिनमा नतिजा सार्वजनिक गरिएको हो । प्राविधिक धारको भने एक सातापछि मात्र नतिजा सार्वजनिक गरिने काप्रीले बताए ।

सिकाइ कमजोर

एसएलसीको नतिजामा ५० प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थीको संख्या न्यून देखिएको छ । ६० प्रतिशतभन्दा बढी अंक ल्याउने १ लाख ६९ हजार ८ सय २३ विद्यार्थी मात्रै छन् । यो एसएलसी दिएका विद्यार्थीको ३८ प्रतिशत मात्रै हो । 

जब कि ३० देखि ५९ प्रतिशत ल्याउने विद्यार्थीको संख्या साढे दुई लाख छ । यो संख्या परीक्षामा सहभागी हुनेको ५८ प्रतिशत हुन्छ । यो तथ्यले विद्यार्थीको सिकाइ कमजोर भएको पुष्टि हुन्छ ।

अनिवार्य गणितमा २९ अंक ९डी र ई ग्रेड० भन्दा कम ल्याउने २ लाख पाँच हजार पाँच सय ६४ छन् । यसमध्ये १९ अंक पनि ल्याउन नसक्नेको संख्या १ लाख ४६ हजार ९ सय ३५ छ । 

त्यस्तै अनिवार्य अंग्रेजीमा एक लाख ५७ हजार १ सय ८४ जना विद्यार्थीले २९ अंक पनि प्राप्त गरेका छैनन् । यसमध्ये ७१ हजार १ सय २४ विद्यार्थीले १९ अंक पनि ल्याउन सकेका छैनन् । विज्ञानमा एक लाख ९५ हजार ८ सय ८९ जनाले २९ अंक पनि ल्याएका छैनन् । 

अझ २० भन्दा कम अंक ल्याउनेको संख्या १ लाख १० हजार २ सय ७४ छ । अनिवार्य सामाजिक शिक्षातर्फ एक लाख १२ हजार ३६ जनाले ३० भन्दा कम अंक ल्याएका छन् ।  यस्तै नेपालीमा ३० भन्दा कम अंक ल्याउनेको संख्या ६६ हजार ७ सय ९ रहेको छ ।

सबैभन्दा बढी विद्यार्थीले गणित विषयमा कम अंक ल्याए पनि त्यही विषयमा ९० भन्दा माथि ल्याउनेको संख्या पनि अत्यधिक छ । उक्त विषयमा २३ हजार ३ सय ३४ जना विद्यार्थीले ९० भन्दा बढी अंक ९ए प्लस० ल्याउन सफल भएका छन् । 

यस्तै अंग्रेजीमा १२ हजार पाँच सय ५२, विज्ञानमा ६ हजार ८ सय २७, सामाजिक शिक्षामा २ सय १७ र जनसंख्या तथा वातावरण विषयमा चार हजार तीन सय ४१ जनाले ए प्लस ग्रेड प्राप्त गरेका छन् ।

 सबैभन्दा कम ए प्लस ल्याउनेमा अनिवार्य नेपाली परेको छ । यो विषयमा ६३ जना विद्यार्थीले मात्रै ९० भन्दा माथि अंक ल्याएका छन् ।

पूरक परीक्षा साउन दोस्रो साता

दुई विषयसम्म डी र ई ग्रेड ल्याएका विद्यार्थीले साउन दोस्रो साता पूरक ९ग्रेड वृद्धि० परीक्षा दिन पाउने भएका छन् ।  नियन्त्रक काप्रीका अनुसार सैद्धान्तिकतर्फ डी र ई ग्रेड प्राप्त गर्ने विद्यार्थीले साउन १४ देखि २१ सम्म पूरक परीक्षा दिन पाउनेछन् । पूरक परीक्षामा सहभागी भई ग्रेड वृद्धि गर्दै जीपीए बढाएमा विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउनेछन् ।

उनका अनुसार सैद्धान्तिकतर्फ डी र ई ल्याउने नियमिततर्फ १ लाख ८ हजार ३ सय २६ र एक्जाम्टेडतर्फ ३९ हजार दुई ५७ विद्यार्थीले पूरक परीक्षा दिन पाउँछन् ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया