Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

एसएलसीको परीक्षाफल सार्वजनिक (नतिजा सहित)

विहीबार, ०२ असार २०७३

काठमाडौं - एसएलसीको नतिजा सार्वजनिक भएको छ । ग्रेडिङ्का आधारमा सार्वजनिक भएको नतिजा अनुसार विद्यार्थीले आफूले प्राप्त गरेको ग्रेड प्वाईण्ट एभरेजका आधारमा नतिजा थाह पाउन सक्ने छन् । जस अनुसार नियमिततर्फ परीक्षामा सहभागि भएका कुल ४ लाख ३७ हजार ३ सय २६ विद्यार्थी मध्ये जीपीए ३ दशमलव ६ देखि ४ सम्म ल्याउने विद्यार्थीको संख्या १४ हजार ४ सय ५४ रहेको छ ।

यस्तै ३ दशमलव २ देखि ३ दशमलव ६ सम्म जिपीए ल्याउने विद्यार्थीको संख्या ४१ हजार ५ सय ७, जी पी ए २ दशमलव ८ देखि ३ दशमलव २ सम्म ४८ हजार ६ सय ११ र जीपीए २ दशमलव ४ देखि २ दशमलव ८ सम्म ल्याउने विद्यार्थीको संख्या ६३ हजार १ सय ८१  छ । यस्तै २ देखि २ दशमलव ४ मा ९४ हजार ७ सय ११ र १ दशमलव ६ देखि २ सम्म ल्याउने विद्यार्थीको संख्या १ लाख ४ हजार २ सय ७८ छ ।

यस्तै १ दशमलव २ देखि १ दशमलव ६ मा ५६ हजार ७ सय ६३ शुन्य दशमलव ८ देखि १ दशमलव २ सम्म ८ हजार र शून्य देखि शुन्य दशमलव ८ सम्म ११ विद्यार्थी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
कम उमेर भएका १६, सैद्धान्तिकमा छुटेका १ हजार ७ सय ३३ र प्रयोगात्मकमा छुटेका १८ सय कापी क्यान्सिल भएका १ सय ८८ र परीक्षा छाडेका ६ हजार ८ सय ७८ र १ जना विद्यार्थीको परीक्षा रद्ध भएको छ ।

यसैगरी १ लाख ५० हजार ८ सय २६ जना विद्यार्थी एक्जाम्टेडमा सहभागि भएकोमा क्रमैसंग  जीपीए ३ दशमलव ६ देखि ४ सम्म ल्याउने विद्यार्थीको संख्या ४ छ ।

यस्तै ३ दशमलव २ देखि ३ दशमलव ६ सम्म जिपीए ल्याउने विद्यार्थीको संख्या ८, जी पी ए २ दशमलव ८ देखि ३ दशमलव २ सम्म ९४ र जीपीए २ दशमलव ४ देखि २ दशमलव ८ सम्म ल्याउने विद्यार्थीको संख्या २ हजार ९ सय ४३  छ । यस्तै २ देखि २ दशमलव ४ मा २९ हजार ७ सय ८० र १ दशमलव ६ देखि २ सम्म ल्याउने विद्यार्थीको संख्या ७५ हजार ३ सय ४० छ ।

यस्तै १ दशमलव २ देखि १ दशमलव ६ मा ३७ हजार ९ सय ३९ शुन्य दशमलव ८ देखि १ दशमलव २ सम्म २ हजार ४ सय ५२ र शून्य देखि शुन्य दशमलव ८ सम्म २ विद्यार्थी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
ग्रेड वृद्धि गर्न चाहने विद्यँथीलाई साउन १४ देखि २१ सम्म हुने परीक्षा हुने छ ।

प्रकाशित मिति २०७३ असार २ गते ।

प्रतिक्रिया