Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

कसरी हेर्ने एसएलसी नतिजा ? कति प्रतिशत ल्याएमा जीपीए कति ?

विहीबार, ०२ असार २०७३

काठमाडौं - यस वर्षको एसएलसी नतिजा ग्रेडिङ्मा सार्वजनिक हुने भए पछि कसरी नतिजा थाह हुन्छ भन्ने धेरैलाई अन्यौल भएको छ ।

एडुखबरमा प्रकाशित हुने नतिजा हेर्न निकै सजिलो छ । साईटको अग्र भागमा रहेको नतिजा डिस्प्ले हुने ठाउँमा विद्यार्थीले आफ्नो नम्बर र अल्फावेट टाईप गर्नु पर्ने छ । नम्बर टाईप गरेपछि भ्यू रिजल्ट बटनमा क्लिक गर्नु पर्ने छ । त्यसपछि विद्यार्थीले नतिजा थाह पाउन सक्ने छन् ।

एडुखबरको एण्ड्रोईड एप Edunepal बाट पनि विद्यार्थीले नतिजा थाह पाउन सक्नेछन् । यसका लागि सबै भन्दा पहिला उक्त एप डाउनलोड गर्नु पर्ने हुन्छ ।

Edunepal एप सबै खाले एन्ड्रोइड मोबाइलमा डाउन लोड गर्न सकिन्छ । मोबाइलको प्ले स्टोरमा क्लिक गरेर Edunepal टाइप गर्नु पर्ने छ । अरु एप्स सर्च गरेजस्तै यसलाई पनि सर्च गर्ने बित्तिकै देखिन्छ । एप्स डाउनलोड भएपछि त्यसमा क्लिक गरेर त्यस भित्रका सामग्री मध्ये रिजल्ट (Result) को सेगमेण्टमा क्लिक गर्नु पर्ने छ ।

अब, अनलाईनमै जस्तो विद्यार्थीले आफ्नो नम्बर र अल्फावेट टाईप गर्नु पर्छ । नम्बर टाईप गरेपछि भ्यू रिजल्ट बटनमा क्लिक गर्नु पर्ने छ । त्यस पछि विद्यार्थीले नतिजा थाह पाउन सक्ने छन् ।

नतिजा प्रकाशित हुँदा विद्यार्थीले ग्रेड प्वाईण्ट एभरेज अर्थात् जीपिएका आधारमा प्राप्त गर्न सक्ने छन् । सबै विषयमा विद्यार्थीले प्राप्त गरेको ग्रेडको औषतको  आधारमा विद्यार्थीको जीपिए निर्धारण हुन्छ । सबै विषयको जीपिए छुट्टा छुट्टै हुने छ ।

एडुखबर तथा यसको एप एडुनेपाल मार्फत् नतिजा थाह पाउँदा विद्यार्थीको जीपिए प्रकाशित हुने छ । त्यसकै आधारमा विद्यार्थीले अब के पढ्ने भन्ने निर्धारण गर्न सक्ने छन् ।

कति प्रतिशत ल्याएमा जीपीए कति ?

९० वा सो भन्दा माथि ए प्लस ४ जीपीए

८० देखि ९० को विचमा ए जीपीए ३ दशमलव ६

७० देखि ८० को विचमा वी प्लस जीपीए ३ दशमलव २

६० देखि ७० को विचमा वी जीपीए २ दशमलव ८

५० देखि ६० को विचमा सी प्लस जीपीए २ दशमलव ४

४० देखि ५० को विचमा सी जीपीए २

३० देखि ४० को विचमा डी प्लस जीपीए १ दशमलव ६

२० देखि ३० को विचमा डी जीपीए १ दशमलव २

२० भन्दा कम अंक ल्याउने ई जीपीए शुन्य दशमलव ८

कति जीपीए आए के पढ्न पाहिन्छ भन्ने बारेमा थाह पाउन यो खबर पढ्नुहोस् :

कक्षा ११ मा विद्यार्थी भर्नाको आधार तय

हरेक विषयमा कति जीपिए प्राप्त भयो भन्ने जानकारीका लागि भने परीक्षा नियन्त्रण कार्यालयले जारी गर्ने मार्कसिट नै कुर्नु पर्ने हुन्छ । यदि एक वा २ विषयसम्म डी र ई ग्रेड आएको रहेछ भने विद्यार्थीले ग्रेड बृद्धिको अवसर स्वरुप पुन परीक्षा दिन सक्ने ब्यवस्था छ ।

३ भन्दा धेरै विषयमा डी र ई ग्रेड आएको वा जीपिए खाली आएको अवस्थामा यो बर्ष परीक्षा रद्ध भएको बुझ्नु पर्ने छ । यस्ता विद्यार्थीले आउँदो बर्षको परीक्षामा फेरी सहभागिता जनाउन सक्नेछन् ।

प्रकाशित मिति २०७३ असार २ गते

प्रतिक्रिया