Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

विद्यालयमा चट्याङ पर्दा शिक्षक र विद्यार्थी घाइते

विहीबार, ०२ असार २०७३

काठमाडौँ, २ असार । विद्यालयमा चट्याङ परेर खोटाङमा सातजना शिक्षक र विद्यार्थी घाईते भएका छन् । 

विद्यालय समयमा बुधबार दिउँसो परेको चट्याङले दिक्तेल नगरपालिका–९ स्थित मेरीगोल्ड बोर्डिङ स्कुलका शिक्षक २० बर्षीय सविन कार्की, ३२ बर्षीया अप्सरा थापा, ३३ बर्षीया देवी थापा र २६ बर्षीया मीना पाण्डे घाईते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बिद्यानन्द माझीले बताए । 

चट्याङका कारण छात्रा १० बर्षीय एलीसा थापा, ३ बर्षीय गौरव थापा र अविभावक ३१ बर्षीय चन्द्र थापा घाईते भएका छन् । घाईतेको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । घाईतेमध्ये बालक गौरवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया