Edukhabar
शनिबार, ०१ मंसिर २०८१
खबर/फिचर

सार्क विश्वविद्यालयको पहिलो दिक्षान्तमा तीन नेपालीलाई स्वर्ण

बुधबार, ०१ असार २०७३

काठमाडौं– सार्क विश्वविद्यालयकोे पहिलो दीक्षान्त समारोहमा विभिन्न विषयका ६७ नेपाली विद्यार्थी दिक्षित भएका छन् । तीन नेपाली विद्यार्थीले सबैभन्दा बढी अंक ल्याई स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । बायोटेक्नोलोजीमा दिव्या घिमिरे, इन्टरनेशनल रिलेसन्समा श्लोक ज्ञवाली र धु्रवराज अधिकारीले स्वर्ण पदक प्राप्त गरेका हुन् । नेपाली विद्यार्थीको लगनशिलता र मेहनतका कारण नै पहिलो पटकमा ३ जनाले स्वर्ण पदक पाउन सफल भएको विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. पराशर प्रसाद कोइरालाले बताए । 

भारतको नयाँ दिल्लीमा गत आईतबार सम्पन्न दीक्षान्त समारोहमा ‘डेभलप्मेन्ट इकोनोमिक्स’ मा १५ , ‘बायोटेक्नोलोजी’ मा १७ , ‘कम्प्युटर साइन्स’ मा १२, ‘इन्टरनेशनल रिलेसन्स’ मा १२, ‘सोसोलोजी’ मा ८ , ‘एलएलएम’ मा २ र ‘एप्लाइड म्याथमेटिक्स’मा १ जना सहित ६७ नेपाली स्नातकोत्तर तथा विद्यावारधी तहमा दीक्षीत भएका हुन् ।

विश्वविद्यालयको पहिलो दिक्षान्त समारोहमा परराष्ट्रमन्त्री कमल थापा अतिथी भएर पुगेका थिए । समारोहको अध्यक्षता पनि मन्त्री थापाले नैं गरेका थिए । नेपाल सार्कको मन्त्रिपरिषद् अध्यक्ष रहेकोले त्यसैको हैसियतमा परराष्ट्रमन्त्री थापाले अध्यक्षता गरेका थिए भने  आयोगका अध्यक्ष कोइराला सार्क विश्वविद्यालयको गभर्निङ बोर्डको अध्यक्षकोे हैसियतमा समारोहमा सहभागी भएका थिए ।

उक्त विश्वविद्यालयको लागत सार्क मूलुकले मिलेर बेहोर्ने ब्यवस्था छ । जस अनुसार नेपालको भागमा तीन प्रतिशत पर्न आउँछ । र त्यहाँ कूल विद्यार्थीको तीन प्रतिशत कोटा नेपाली विद्यार्थीका लागि छुट्याईएको छ ।

प्रकाशित मिति २०७३ असार १ गते

प्रतिक्रिया