Edukhabar
शनिबार, ०१ मंसिर २०८१
अन्तैवाट

पढ्न विदेशिने बढेको बढ्यै

बुधबार, ०१ असार २०७३

काठमाडौँ, १ असार । यो आर्थिक बर्षको बैशाखसम्म ३१ हजार जनाले विदेश पढ्न जान शिक्षा मन्त्रालयबाट अनुमतिपत्र लिएका छन् । बर्षेनी यो संख्या बढ्दो छ । स्वदेशमा राजनीतिक अस्थिरता, पढाईमा अनियमितता, रोजगारी समस्याजस्ता कारण शिक्षाका लागी विदेशिने क्रम बढेको छ।

२०६८/०६९ देखि २०७२/०७३ बैशाखसम्म ७० भन्दा बढी मुलुकमा एक लाख १७ हजार पाचँ सय ७४ विद्याथीृ मन्त्रालयबाट अनुमतिपत्र लिएका छन् ।  विदेश अध्ययनमा जानेले सरदर १५ लाख खर्च गर्छन् । परामर्श दातृ संस्थाले जानकारी दिएअनुसार तीमध्ये ८० प्रतिशत प्लस टु सकाएका विद्यार्थी छन् ।

यसका अनुसार बर्षमा २४ हजारभन्दा बढी प्लस टु सकाएका विद्यार्थी विदेशिन्छन् । प्लस टु सकाउने सरदर १ लाख २० हजारमध्ये २४ हजार बाहिरिदा २० प्रतिशत विद्यार्थी विदेश अध्ययन गर्न जाने गरेको देखिन्छ ।

यसको लागत विश्लेषण गर्दा पाचँ बर्षमा एक खर्ब ७६ अर्ब ३६ करोड १० लाख स्वदेशी पुजीँ बाहिरिएको छ ।

(कान्तिपुर दैनिकमा मकर श्रेष्ठले समाचार लेखेका छन् ।)

 

प्रतिक्रिया