Edukhabar
शनिबार, ०१ मंसिर २०८१
अन्तैवाट

शिक्षा ऐनविरुद्ध अस्थायी शिक्षक

बुधबार, ०१ असार २०७३

काठमाडौँ, १ असार । केही समयअगाडी व्यवस्थापिका संसदले पारित गरेको शिक्षा ऐन २०७३ को विरोधमा रौतहटका अस्थायी शिक्षकहरुले जिल्ला शिक्षा कार्यालयमा मंगलबार दिनभर धर्ना दिएका छन् । 

पारित शिक्षा ऐनले लामो समयदेखि  कार्यरत अस्थायी शिक्षकहरुप्रति अन्याय गरेको भन्दै उनीहरुले जिल्ला शिक्षा कार्यालयको मुल गेटमा धर्ना दिएका थिए । उनीहरुको धर्नाबाट जिल्ला शिक्षा कार्यालय रौतहटको दैनिक कामकाज ठप्प भएको थियो ।

आफुहरुले लामो समयदेखि पढाउँदै आएकाले सरकारले अचानक यस्तो विभेदकारी ऐन ल्याएर आफुहरुलाई हटाउने षडयन्त्र गरेकाले आन्दोलन गर्नुपरेको धर्नामा सहभागी अस्थायी शिक्षकले बताएका छन् । 

अस्थायी शिक्षक आन्दोलन समिती रौतहटका संयोजक टेकमन राय यादवले निःस्वार्थ रुपले आफुहरुले लामो समयसम्म देशको शैक्षिक क्षेत्रमा योगदान दिएको तर अहिले आएर सरकारले थोरै रकम दिएर आफुहरुलाई बेरोजगार बनाउन लागेकामा दुःख व्यक्त गरे ।

(हिमालय टाइम्समा प्रकाशित)

 

प्रतिक्रिया