Edukhabar
शनिबार, ०१ मंसिर २०८१
अन्तैवाट

विद्यार्थी हिमाल तिर, विद्यालय सुनसान

बुधबार, ०१ असार २०७३

काठमाडौँ, १ असार । जेठ–जेठको दोस्रो साताबाट मुगुको पूर्वी हिमाली क्षेत्रमा यार्सा संकलनको समय सुरु भएपछि करान भेगका पाँच गाविस र गमगढी आसपासका केही गाविसका विद्यालय सुनसान बनेका छन्।

विद्यालय जाने उमेरदेखि दश कक्षासम्म पढ्ने विद्यार्थीका अभिभावकले आफ्ना बालबालिकालाई यार्सा टिप्न हिमालतर्फ लगेपछि अहिले मुगु, डोल्फु, किम्री, कार्ती, ताखा, खारी, पुअ, चिताई, दाउरा, सेरोग, रिउस, पुलु, महलगायतका गाउँमा रहेका , प्राथामिक, निम्न माध्यामिक तहका विद्यालय सुनसान छन्। सदरमुकाम आसपासका रुगा र रोवा गाविसका केही विद्यालयमा विद्यार्थीको संख्या न्युन छ।

विद्यालय खुला छनर तर विद्यार्थीको संख्या न्युन रहेकाले पढाइ हुन सकेको छैन। विद्यार्थीलाई रोक्ने धेरै प्रयास गरेपनि सफल नभएको राष्ट्रिय प्राथामिक विद्यालयका शिक्षक जगतबहादुर शाहीले बताए। 

सिजनमा यार्सा नटिप्ने हो भने वर्षभरी घर व्यवहार चलाउन कठिन हुने अभिभावकले बताएका छन्। एक सय बढी घरधुरी रहेको चिताई गाउँमा अहिले बृद्ध बृद्धा गरेर जम्मा ९ जना मात्रै रहेका छन्। सबै हिमालतर्फ गएपछि खाना खान समस्या भएपछि आँफू एक महिनाका लागि सदरमुकाम आएको स्थानीय जतग शाहीले बताए।

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया