Edukhabar
शनिबार, ०१ मंसिर २०८१
खबर/फिचर

नयाँ शिक्षा विधेयकले तरङ्ग ल्याउछ : शिक्षामन्त्री पोखरेल

मंगलबार, ३२ जेठ २०७३

काठमाडौँ – शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नयाँ शिक्षा विधेयकले शिक्षा क्षेत्रमा तरंग ल्याउने दाबी गरेका छन् । महोत्तरीमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यस्तो दाबी गरेका हुन् ।

‘प्रमाणीकरणको प्रक्रियामा रहेको आठौँ शिक्षा संशोधन विधेयकले मुलुकको शिक्षा विकासमा नयाँ तरङ्ग ल्याउछ’ उनले भने ‘यसको कार्यान्वयन भने चुनौतिपूर्ण छ ।’ मन्त्री पोखरेलले अहिलेका शिक्षा समस्या नयाँ विधेयक लागु भएपछि समाधान हुने पनि दाबी गरे । सामुदायिक विद्यालयमा गुणस्तर ल्याउन शिक्षकहरुमा इमान्दारिता चाहिने शिक्षामन्त्री पोखरेलको भनाई थियो ।

मुलुकमा देखिएको दुईखाले शैक्षिक संस्थालाई प्रतिष्पर्धात्मक बनाउन सरकारको भूमिका महत्वपुर्ण हुने भन्दै उनले विद्यार्थीको भविष्य बनाउन गुणस्तरीय शिक्षा आवश्यक भएको र यसमा लापरबाही गर्न नमिल्ने बताए ।

मन्त्री पोखरेलले किसाननगर चौलिखास्थित जनहित नन्दलाल उमाविको रु. ४८ लाखको लागतमा निर्माण हुन लागेको छ कोठे पक्की भवनको शिलान्यास समेत गरेका थिए ।

प्रकाशित मिति २०७३ जेठ ३२ गते ।

प्रतिक्रिया