काठमाडौँ, ३२ जेठ । इटहरी उपमहानगरपालिका वडा नं। २४ स्थित जनसहयोग उच्च माविमा पछिल्लो समय पारस्परिक शिक्षक सरुवा विवाद चर्किएको छ। पारस्परिक शिक्षक सरुवा विवादमा शिक्षक दुई खेममा विभाजन भएपछि विद्यार्थीको पढाईमा समेत असर परेको छ।
विद्यालयका निम्ति प्रधानाध्यापक दीपक सुवेदी र मधेसाको जनता उच्च माविमा कार्यरत शिक्षक मेदन घिमिरेबीचको पारस्परिक सरुवा विवादमा काँग्रेस निकट शिक्षक र एमाले निकट शिक्षक विभाजित हुँदा विवाद चर्किएको हो ।
शिक्षा नियमावलीमा पारस्परिक सरुवा हुँदा सरुवा हुने दुवै शिक्षकको बिषय एउटै हुनुपर्नेमा त्यसो नभएकाले विवाद भएको जानकारी दिइयो। सुवेदी जनसहयोग उच्च माविमा अहिले अंग्रेजी बिषयको दरबन्दीमा कार्यरत छन भने आउने शिक्षक घिमिरे लेखा बिषयका हुन्। जनसहयोगमा स्थायी दरबन्दीका शिक्षक मोहन दाहाल लेखा बिषयका रहेको अवस्थामा लेखाकै शिक्षक ल्याउन नहुने पक्षमा काँग्रेस निकट शिक्षक छन् भने एमाले निकट शिक्षक ल्याउनुपर्ने अडानमा छन् ।
सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीले एकथरी सरुवा हुनुपर्ने र अर्को थरी रोक्नुपर्ने भनेर बारम्बार दबाब दिएपनि दुवै पक्ष मिलेर नआएसम्म टुंगो नलगाउने बताए । ुदुवै पक्षले शिक्षकको छाता संगठन शिक्षक महासंघको नेतृत्वमा मिलाउने भनेका छन्, मिलाएर आए सोही अनुसार निर्णय हुनेछ, नत्र अहिले जे छ त्यही कायम हुनेछ,ु सुवेदीले भने।
(नागरिकमा प्रकाशित)
प्रतिक्रिया