Edukhabar
शनिबार, ०१ मंसिर २०८१
अन्तैवाट

अब सांसद बन्न स्नातक गर्नुपर्ने 

मंगलबार, ३२ जेठ २०७३

काठमाडौँ, ३२ जेठ । नयाँ शक्ति नेपालले प्रत्यक्ष निर्वाचित हुन चाहने सांसदले कम्तीमा पनि स्नात्तक उत्तीर्ण हुनुपर्ने प्रस्ताव राखेको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा सोमबार शुरु छलफल सत्रमा संयोजक बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन ‘नयाँ शक्तिको आधारतत्व’ नेता देवेन्द्र पौडेलले संगठन विभाग प्रमुख र रामेश्वर खनालले आर्थिक विकास प्रतिवेदन  माथी १२ समुहमा बाडिएर बहस गर्दै प्रतिनीधिले यस्तो माग गरेका थिए ।

समानुपातिकतर्फ भने शैक्षिक योग्यतासम्बन्धिको प्रावधान नराखिने गरी छलफल सत्रमा बहस भएको हो । भट्टराईले बाम लोकतान्त्रिक धारको पार्टी निर्माण गर्ने प्रस्ताव गरेपनि कतिपय सहभागीले भने वाम भनिरहनुनपर्ने, लोकतान्त्रिक भने पुग्ने जिकिर गरे ।

आफुलाई बामपन्थी भन्ने पार्टीहरु राजनीतिक कार्यक्रममा वाम दिशा तय गर्न चुकेको भन्दै ती सहभागीले नयाँ शक्ति वैकल्पिक लोकतान्त्रिक  शक्ति बन्नुपर्ने टिप्पणी गरे ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

 

 

प्रतिक्रिया