Edukhabar
शनिबार, ०१ मंसिर २०८१
अन्तैवाट

निरन्तर शिक्षाको आयआर्जन कार्यक्रम हट्यो  

मंगलबार, ३२ जेठ २०७३

काठमाडौँ, ३२ जेठ । सरकारले निरन्तर शिक्षा कार्यक्रमअन्तर्गत सञ्चालन गर्दै आएको आयआर्जन कार्यक्रम आगामी आव २०७३/७४ देखि हटाएको  छ। अनौपचारिक शिक्षा केन्द्र अन्तर्गत सामुदायिक अध्ययन केन्द्रले सञ्चालन गर्दै आएको यस कार्यक्रमका लागी बजेट नछुट्याएपछि कार्यक्रम हटेको हो ।

केन्द्रले एक दशकदेखि निरन्तर शिक्षा कार्यक्रममा बार्षिक ५० हजार  ५० जना प्रौढका लागी ९ जनाको दरले समुह बनाएर सञ्चालन गर्दै आएको थियो । सरकारले एक समुहका लागी १० हजार रुपैँया खर्च गर्दै आइरहेको थियो भने प्रत्येक समुहले थप १० हजार गरी २० हजार रुपैयामा आयआर्जन कार्यक्रम गर्दै आएको थियो ।

आयआर्जन अन्तर्गत मैनबत्ती, धुप, खेलौना, बनाउने तथा बेमौसमी तरकारी खेती लगायत स्थानीय रोजगारी क्षेत्र रहेका छन् । यो कार्यक्रम हटाएपछि यसबाट हुने आम्दानीको सानो तिनो बचत समेत प्रभावित भएको छ ।

(राजधानी दैनिकमा प्रकाशित)

प्रतिक्रिया