Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

डेढ लाखले हेरे शैक्षिक मेला 

मंगलबार, ३२ जेठ २०७३

काठमाडौँ, ३२ जेठ । नेपाल शैक्षिक परामर्श संघ इक्यानको आयोजनामा भएको १० औँ शैक्षिक मेला करिब डेढ लाखले अवलोकन गरेका छन् । मेलाको अन्तिम दिन सोमबार सम्ममा एक लाख पचास हजार जनाले मेला अवलोकन गरेका हुन् । 

२८ जेठदेखि भृकुटीमण्डपमा शुरु भएको मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाताका दुई सय २५ स्टल थिए । यस्तै विभिन्न देशका विश्वविद्यालयका प्रतिनीधिको पनि मेलामा सहभागी थियो ।

नेपालबाट विशेषगरी भारत, अष्ट्रेलिया, अमेरिका, बंगलादेश, न्युजिल्याण्ड, बेलायतका साथै युरोप महादेशका लागी विद्यार्थी जाने गर्छन् । प्रत्येक बर्ष करिब ३० हजार विद्यार्थी विदेश जाने गरेका छन् । 

मेलाको अन्तिम दिन योगेश भट्टराई, कांग्रेस सभाषद रामहरी खतिवडा लगायतका नेताहरुको पनि सहभागिता थियो ।

(नयाँपत्रिका दैनिकमा प्रकाशित)

प्रतिक्रिया