Edukhabar
शनिबार, ०१ मंसिर २०८१
अन्तैवाट

इपीएस परीक्षाको तयारी मोबाइल एपबाटै

सोमबार, ३१ जेठ २०७३

काठमाडौँ, ३१ जेठ । कोरियामा रोजगारीका लागि अनिवार्य रहेको भाषा परीक्षा (इपीएस टपिक) को तयारी अब मोबाइलमै गर्न सकिने भएको छ ।  नेपालमै पहिलोपटक इपिएस परीक्षाको तयारीका लागि मोबाइल एप तयार भएको हो । 

उरी कन्सल्टेन्सी प्रालिले एन क्लाउड र साइबर लिङ्क प्रालिको संयुक्त प्रयासमा बनेको एपमा इपिएस टपिक परीक्षामा जस्तै सुनाइ र पढाइ गरी २५÷२५ वटा प्रश्न र सम्भावित उत्तर राखिएका छन् ।  

ुइपिसमा जस्तो किसिमले प्रश्न सोध्ने गरिन्छ, त्यही शैलीमा हामीले एपमा प्रश्नको सेट राखेका छौँु, उरी कन्सल्टेन्सीका प्रतिनिधि उदेश श्रेष्ठले भने, ुएप चलाएर सजिलै परीक्षा दिन सकिन्छ । यसले वास्तविक इपिस परीक्षाका लागि आत्मविश्वास पनि जगाउँछ।ु 

 आगामी असार ४ र ५ गते काठमाडौँ र पोखराका विभिन्न परीक्षा केन्द्रमा हुन लागेको परीक्षामा सहभागी हुन ६० हजारभन्दा बढीले फाराम भरेका छन् ।  इ–सेवाको अकाउन्ट हुनेले इ–सेवामार्फत सिधै र नहुनेले नजिकैको साइबर, स्टेसनरी, कम्युनिकेसनमा रहेको इ–सेवा जाने, इ–सेवा पोइन्टमा गई अनलाइन भुक्तान गरी प्याकेज खरिद गर्न सक्ने इ–सेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले जानकारी दिए । 

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया