Edukhabar
शनिबार, १२ असोज २०८१
विदेशमा शिक्षा

विदेश गए पनि नेपालमा उपयोगी शिक्षा आर्जन गर्न नायक हमालको सुझाव

आइतबार, ३० जेठ २०७३

काठमाडौं - विदेशमा अध्धयन गरे पनि नेपालमा उपयोगी हुने शिक्षा आर्जन गर्न नायक राजेश हमालले विद्यार्थीलाई सुझाव दिएका छन् । विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई परामर्श तथा सही सूचना दिन भृकुटीमण्डपमा जारी शैक्षिक मेला अवलोकनका लागि पुगेका हमालले उपयुक्त जानकारी लिएर जान आग्रह गरे ।

नेपाल शैक्षिक परामर्श संघ इक्यानले गरेको मेलाको तेश्रो दिन आइतवार करिब ३७ हजार जनाले अबलोकन गरेका इक्यानले जनाएको छ । शुक्रबारबाट शुरु मेलाको तेश्रो दिन पनि विधार्थी तथा अविभावकको उल्लेख्य सहभागीता रहेको छ ।

नेपालकै विभिन्न कन्सल्टेन्सि सहित विभिन्न देशका बिश्वबिद्यालयका प्रतिनिधिहरुले समेत परामर्श दिईरहेको मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाताहरुका स्टल समेत रहेका छन् ।
नेपालबाट बिषेश गरि अष्ट्रेलिया, भारत, अमेरिका, बंगलादेश, न्युजील्याण्ड, बेलायत र युरोपका बिभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागी जाने गर्छन् ।  ति सबैजसो देशमा अध्ययनका लागी  जान चाहने  विधार्थीले एकै ठाउँबाट परामर्श तथा सूचना पाईरहेका छन् । सोमबार सम्म  हुने मेलामा २ सय २५ वटा स्टल र १७ वटा पेभिलिएन छन् ।

विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागीताले मेला उपयोगी भएको ठहर गरेको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए ।

प्रकाशित मिति २०७३ जेठ ३० गते

प्रतिक्रिया