Edukhabar
शनिबार, १२ असोज २०८१
विदेशमा शिक्षा

शैक्षिक मेलामा देशका विभिन्न भागका विद्यार्थी समेत सहभागि

आइतबार, ३० जेठ २०७३

काठमाडौं - भृकुटीमण्डपमा जारी शैक्षिक मेलाको दोस्रो दिन शनिबार करिब ५२ हजार जनाले अवलोकन गरेका छन । नेपाल शैक्षिक परामर्श संघ इक्यानको १० औ संस्करण अन्र्तगत शुक्रबारबाट सञ्चालन भइरहेको मेलामा पवद्यार्थी तथा अभिभावकको उल्लेख्य सहभागीता रहेको इक्यानले जनाएको छ । मेलामा सहभागिता जनाउन राजधानी काठमाण्डौं भित्र बस्ने मात्रै होइन देशका विभिन्न भागका विद्यार्थी समेत आएका इक्यानले जनाएको छ । 

विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिहरुको समेत संलग्नता रहेको मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाताहरुका स्टलहरु समेत राखिएको छ । मेलामा आउने विद्यार्थी तथा तिनका अभिभावकले प्रत्यक्ष रुपमा परामर्श प्राप्त गरेका छन् ।

नेपालबाट बिषेश गरि अष्ट्रेलिया, भारत, अमेरिका, बंगलादेश , न्युजिल्याण्ड, बेलायत र युरोपका बिभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागि जाने गर्छन् ।

मेला अवलोकन गर्न विद्यार्थी र तिनका अभिभावकका अलावा विभिन्न राजनीतिक दलका नेता, राष्ट्रिय खेलाडी, प्राध्यापक, समाजसेवी लगायतको सहभागीता रहेको इक्यानले जनाएको छ ।
मेला सोमबार सकिने छ ।

प्रकाशित मिति २०७३ जेठ ३० गते

प्रतिक्रिया